सुनको मूल्यमा उच्च गिरावट

सुनको मूल्यमा उच्च गिरावट
काठमाडौँ । सुनको मूल्यमा आज उच्च गिरावट आएको छ। आज सुनचाँदीकै मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य आज प्रतितोला दुई हजार चारसय रुपैयाँ घटेको हो। मूल्य घटेर आज सुन एकलाख ९५ हजार दुईसय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर दुई हजार दुईसय ३५ रुपैयाँमा कारोबार भइरहेको महांघले...

डेरामा दिदीबहिनी मृ’त फेला:

डेरामा दिदीबहिनी मृ’त फेला:
मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दिदीबहिनी सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल मृ'तवस्थामा फेला परेका छन् ।स्थानीय निरज चक्रधरको घरको भुइँ तलामा डेरा गरी बसेका उनीहरु सोही घरको प्यासेजमा एउटै डोरीले झु'न्डिएर मृ'तवस्थामा फेला परेका हुन् । भारतमा बस्दै आएका उनीहरु परिवारलाई नभनी भागेर आएको खुल्न आएको छ ।

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
काठमाडौँ । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला दुई हजार एकसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेर सुन आज तोलाको एक लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर दुई हजार तीनसय ५० रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

विद्या भण्डारीकाे पार्टीमा फर्कने ढाेका बन्द, यी हुन् एमालेले गरेका ८ निर्णय

विद्या भण्डारीकाे पार्टीमा फर्कने ढाेका बन्द, यी हुन् एमालेले गरेका ८ निर्णय
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ८ प्रस्ताव पारित गरेकाे छ । सोमबार र मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ८ वटा प्रस्ताव पारित गरेको हो । बैठकले एमालकाे राजनीतिमा सक्रिए हुने घाेषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने गरी निर्णय गरेको छ । भण्डारीको पार्टी सदस्यता नवीकरण र सक्रिय हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको भन्दै एमालेले राेक्ने भएकाे ...

ट्रान्सफर्मर चोरीले विद्युत् प्राधिकरण हैरान

ट्रान्सफर्मर चोरीले विद्युत् प्राधिकरण हैरान
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा जडान गरिएको ट्रान्सर्फमर चोरी भएको छ । खेतमा सिचाईंका लागि जडान गरिएको ट्रान्सफर्मर गएराति चोरी भएको हो । स्थानीयका अनुसार मध्यहर्षाहीमा डिप बोरिङका लागि ट्रान्सफर्मर जडान गरिएको थियो । किसानले लोभोल्टेजमा समस्या भएको बताएपछि प्राधिकरणले ट्रान्सफर्मर जडान गरिदिएको थियो । यो घटना केही दिनअघि देवानगञ्ज क्षेत्रमा अवस्थित बिजुलीको पोलबाट ट्रान्सफर चोरी...

ट्रान्सफर्मर चोरीले विद्युत् प्राधिकरण हैरान

ट्रान्सफर्मर चोरीले विद्युत् प्राधिकरण हैरान
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा जडान गरिएको ट्रान्सर्फमर चोरी भएको छ । खेतमा सिचाईंका लागि जडान गरिएको ट्रान्सफर्मर गएराति चोरी भएको हो । स्थानीयका अनुसार मध्यहर्षाहीमा डिप बोरिङका लागि ट्रान्सफर्मर जडान गरिएको थियो । किसानले लोभोल्टेजमा समस्या भएको बताएपछि प्राधिकरणले ट्रान्सफर्मर जडान गरिदिएको थियो । यो घटना केही दिनअघि देवानगञ्ज क्षेत्रमा अवस्थित बिजुलीको पोलबाट ट्रान्सफर चोरी भ...

घुस प्रकरणमा रञ्जिता श्रेष्ठ पुगिन् अख्तियार

घुस प्रकरणमा रञ्जिता श्रेष्ठ पुगिन् अख्तियार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ। कास्की मालपोत कार्यालयका प्रमुखको थमौती तथा सरुवासम्बन्धी अडियो प्रकरणमा संलग्नताको आशंका बढेपछि अख्तियारले उनलाई बुधबार बिहान १० बजेदेखि उपस्थित गराई सोधपुछ थालेको हो। आयोग स्रोतका अनुसार हालै सार्वजनिक भएको घुस अडियोको छानबिनका क्रममा श्रेष्ठको समेत संलग्न...

गाँजासहित इटहरीका दुई जना पक्राउ

गाँजासहित इटहरीका दुई जना पक्राउ
धरान : धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको चेकिङ टोलीले विशेष सूचनाका आधारमा धनकुटाको राजारानीबाट धरानतर्फ आउँदै गरेको को १ ख ६०९० नम्बरको यात्रुवाहक बस जाँच गर्दा उक्त बसको डिकीमा रहेको दुईवटा कालो रंगको झोलामा नौ किलोग्राम (९ केजी) गाँजा फेला परेको हो। सोधपुछका क्रममा ती झोला सोही बसमा यात्रा गरिरहेका इटहरी उ...

केराबारीको क्रसरमा करेन्ट लागेर कामदारको मृत्यु

केराबारीको क्रसरमा करेन्ट लागेर कामदारको मृत्यु
केराबारी । मोरङको केराबारीमा रहेको एउटा क्रसरमा करेन्ट लागेर कामदारको मृत्यु भएको छ । केराबारी गाउँपालिका–८ आमजुँगीमा रहेको महादेव क्रसरमा ‘वेल्डिङ’ गर्ने क्रममा करेन्ट लागेर ३५ वर्षीय मंगल चेपाङको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार गोरखाको गण्डकी गाउँपालिका घर भएका चेपाङलाई सोमबार राति १० बजेतिर अचानक करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनला...

सुनको मूल्य १ हजार ८ सयले बढ्यो

सुनको मूल्य १ हजार ८ सयले बढ्यो
#नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य प्रतितोला १ हजार ८ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन तोलाको १ लाख ९५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको १ लाख ९३ हजार ७ सय रूपैयाँ थियो ।त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला २ हजार ३ सय २० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको २ हजार २ सय ८५ रूपैयाँ थियो ।