प्रहरीप्रती नागरिकको प्रश्न, किन नागरिक मैत्री र सभ्य बन्न सक्दैनन् प्रहरी ?
काठमाडौं । सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्वन्ध राख्ने नेपाल प्रहरीका जिम्मेवार पदाधिकारीहरू बोली, ब्यवहार र आचरणका कारण किन बारम्वार विवादमा आउने गर्छन । नागरिक जवाफको खोजीमा छन् । विहीवार ललितपुरको भैंसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नावालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटना समाजिक सञ्जालमा भाइरल भए पछि सर्वसाधारणलाई यस्को जवाफ खोज्न बाध्य पारेको हो ।
...











