प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
काठमाडौं / प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा केहि सुधार देखिदै आएको छ ।
मंगलबारभन्दा बुधबार स्वाथ्य अवस्था केही सुधार हुँदै आएपछि भेन्टिलेटरबाट पनि हटाइएको छ ।प्रधानमन्त्रीको स्वाथ्य अवस्था सुधारोन्मुख रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।
चिकित्सकका अनुसार प्रधानमन्त्रीलाई अझै केहि दिन अस्पतालमै राखेर उपचार गरिनेछ । ओलीको मंगलबार त्रिवि शिक्षण अस्पत...









