काठमाडौं / प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा केहि सुधार देखिदै आएको छ ।

मंगलबारभन्दा बुधबार स्वाथ्य अवस्था केही सुधार हुँदै आएपछि भेन्टिलेटरबाट पनि हटाइएको छ ।प्रधानमन्त्रीको स्वाथ्य अवस्था सुधारोन्मुख रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

चिकित्सकका अनुसार प्रधानमन्त्रीलाई अझै केहि दिन अस्पतालमै राखेर उपचार गरिनेछ । ओलीको मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा चौथो पटक डायलासिस गरिएको छ ।

तपाईको प्रतिक्रिया