प्रदेश १ बाट आज ५ जनाको नमूना संकलन
प्रदेश नं. १ मा आज कोरोना भाईरस (कोभिड १९) का शंकास्पद ५ जनाको नमूना संकलन गरिएको छ । ओखलढुङ्गाबाट २ र सोलुखुम्वुबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो ।
प्रदेश नं. १ मा आज सम्म ५९ जनाको नमूना संकलन गरिएको छ । कोरोना भाईरसका शंकास्पद ४५ जना पुरुष र १४ जना महिलाको नमूना संकलन गरिएको हो । आज सम्म ४२ जनाको रिपार्ट आएको ...











