अटेरी कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने
काठमाडौं, १५ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैंले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।
उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गर्नुको विकल्प नभएको स्पष्ट पारे ।
मन्त्री पण्डितले सरकारले सेवा प्रवाहका लागि सङ...








