रास्वपाका सभापति रवि लामिछाने कारागार चलान
बुटवल । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।
प्रहरीले पक्राउ गरेर बुझाएपछि उनलाई जिल्ला अदालत रुपन्देहीले कारागार चलान गरेको हो । उनलाई भैरहवास्थित कारागार पुर्याइएको छ । लामिछाने काठमाडौंस्थित आफ्नै निवासबाट शुक्रबार राति पक्राउ परेका थिए ।
यति एअरलाइन्सको विमानमार्फत शनिबार गौतमबुद्ध विमानस्थल पुर्याएर जिल्ला प्रहरी कार्यालय र...











