सुनसरीको कोशीमा आगलागी, ५ परिवारका १० वटा घर ध्वस्त

सुनसरीको कोशीमा आगलागी, ५ परिवारका १० वटा घर ध्वस्त
सुनसरीको कोशी गाउँपालिकामा बिहीबार अपरान्ह आगलागी भएको छ । कोशी–६ मा आगलागी हुँदा ५ परिवारका १० घर जलेर ध्वस्त भएको छ । आगलागीमा ६० लाखभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । गाईवस्तुलाई लाग्ने झिँगा र लामखुट्टे धपाउन बालेको आगो घरमा सल्किएको प्रहरीको अनुमान छ । आगोले बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतको घर जलेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी यो...

मोरङको रंगेलीमा गाईले हानेर वृद्धको मृत्यु

मोरङको रंगेलीमा गाईले हानेर वृद्धको मृत्यु
विराटनगर । मोरङको रंगेलीमा गाईले हालेर १ जना वृद्धको मृत्यु भएको छ । रंगेली नगरपालिका–९ दोहमनाका अन्दाजी ७५ वर्षीय रामप्रसाद शिवकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । शिवकोटीलाई गोठमा काम गर्ने क्रममा बुधबार गाईले हानेर घाइते बनाएको थियो । टाउको, छात्तीलगायत शरीरका विभिन्न भागमा चोट लागेका वृद्धलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियोरंगेलीमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक...

कोशीका पूर्वमन्त्रीको अन्तरजातीय बिहे !

कोशीका पूर्वमन्त्रीको अन्तरजातीय बिहे !
विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशका सांसद रामकुमार खत्रीले अन्तरजातीय विवाह गरेका छन् । उदयपुरको निर्वाचन क्षेत्र २ (२)बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद खत्रीले उदयपुरको कटारी नगरपालिका–५ की सपना गुरुङसँग विवाह गरेका हुन् । काठमाडौंमा सामान्य ढंगले विवाह गरेका खत्रीले विवाह भोजमा लाग्ने खर्च वृद्धाश्रमलाई दिने घोषणा गरे । भोज नगरेर बचाएको १ लाख रुपैयाँ कटारी–३ मा रहे...

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले विद्यार्थीहरूको हकहितसँगै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा मेयर कोइरालाको जोड

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले विद्यार्थीहरूको हकहितसँगै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा मेयर कोइरालाको जोड
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले विद्यार्थीहरूको हकहितसँगै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । लिवर्टी नेपाल लागूपदार्थ उपचार तथा पुनःस्थापना केन्द्रले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा नेविसंघका तर्फबाट विजयी विद्यार्थीहरूको स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइ...

विद्यार्थी बोक्ने गाडी शिक्षकको आन्दोलनमा लगेर दुरुपयोग

विद्यार्थी बोक्ने गाडी शिक्षकको आन्दोलनमा लगेर दुरुपयोग
विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको पोखरिया माध्यमिक विद्यालयमा विद्यार्थी बोक्न प्रयोग हुँदै आएको गाडी शिक्षकको आन्दोलनमा लगेर दुरुपयोग गरिएको छ । लामो समयदेखि शैक्षिक गतिविधि ठप्प पारेर नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं केन्द्रित आन्दोलन भइरहेको छ । महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी हुन जाँदा शिक्षकले विद्यालयको गाडी दुरुपयोग गरेका हुन् । पोखरिया माविको प्र १–०२–००१ ग...

धरानबाट १९ किलो गाँजा बरामद, बाबु छोरासहित ३ जना पक्राउ

धरानबाट १९ किलो गाँजा बरामद, बाबु छोरासहित ३ जना पक्राउ
धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ आँपगाछीबाट प्रहरीले १९ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटको टोलीले लागुऔषध गाँजा बरामद गरेर बाबु छोरासहित ३ जनालाई पक्राउ गरेको छ । धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को २ ह ४७३९ नम्बरको अटो टेम्पोलाई शंका लागेर चेकजाँच गर्दा १८ वटा पोका बनाएर ल्याइएको १९ किलो गाँजा फेला परेको प्रहरीको भनाइ छ । गाँजा भेट्नसाथ अटो चालक...

इलाममा दुर्घटना हुँदा नाबालकको मृत्यु

इलाममा दुर्घटना हुँदा नाबालकको मृत्यु
विराटनगर । इलाममा दुर्घटना हुँदा नाबालकको मृत्यु भएको छ । बिर्तामोड–दानाबारी भित्री सडक खण्डअन्तर्गत माई नगरपालिका–४ सुखानीमा दुर्घटना भएको हो । इलामको दानाबारीबाट झापाको बिर्तामोडतर्फ आउँदै गरेको मे ९ प ४५९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा झापाको अर्जुनधारा नगरपालिका–६ का रोम पाठकका २ वर्षीय छोरा ओस्कर पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नाबालकलाई सोमबार अपरान्ह ४ः१० बजेतिर ...

देवानगञ्जमा गोली हानाहान

देवानगञ्जमा गोली हानाहान
सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ स्थित यादव टोल नजिक सोमबार साँझ एक गोली हानाहान भएको छ। स्थानीय अनुसार घटना रा.सी जाने बाटोमा घटेको हो। गोली लागेर तीन जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ। घटनामा देवानगञ्ज गाउँपालिका वडा नम्बर १ निवासी बद्री यादवका छोरा करिब २४ वर्षीय रविन्द्र यादव, शिवु मेहता, र विनोद यादवका १८ वर्षीय छोरा पिन्टु यादव घाइते भएका हुन्। पेटमा ग...

करेन्ट लागेर कोशीमा २ जनाको मृत्यु

करेन्ट लागेर कोशीमा २ जनाको मृत्यु
विराटनगर : कोशी प्रदेशमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। झापा र इलाममा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो । शनिबार झापाको कनकाई नगरपालिका-१ का ६६ बर्षीय तारा बहादुर बिश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागी लैजाने क्रममा बाटोमानै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर =ले जनाएको छ। यसैगरी इलामको माई नगरपालिका-८ ...

मोरङ क्षेत्र नम्बर ३ का संघिय सांसद डा.सुनिल शर्माले बेलबारी ११ लाई गरे एम्बुलेन्स हस्तान्तरण

मोरङ  क्षेत्र नम्बर ३ का संघिय सांसद डा.सुनिल  शर्माले बेलबारी ११ लाई गरे एम्बुलेन्स हस्तान्तरण
बेलबारी । मोरङ क्षेत्र नम्बर ३ का संघिय सांसद नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले निर्बाचन अघि बेलबारी ११ का स्थानीय सँग गरेको बाचा पुरा गरेका छन । उनले बेलबारी ११ लक्ष्मीमार्गका बासिन्दा सामु निर्बाचनमा बिजयी भए पश्चात यस वडाका नागरिकहरुलाई अस्पताल सम्म पुग्न सहजै एम्बुलेन्स सेवा प्रदान गर्ने बाचा गरेका थिए । सोही बमोजिम उनले सो वडालाई एकथान एम्बुलेन्स प्रदान गरेका हुन । आईतबार वडामा आय...