बाढीका कारण ब्राजिलमा दशजनाको मृत्यु

बाढीका कारण ब्राजिलमा दशजनाको मृत्यु
ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या कम्तीमा दश पुगेको अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूले ब्राजिलमा गएको ६ दिनदेखिको बाढीका कारण कम्तीमा पनि दश जनाको ज्यान गएको र अरू केही व्यक्ति हराएको बताएका छन् । प्राप्त समाचारअनुसार यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरू बाढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । यह...

ओमिक्रोनबाट पहिलोपटक बेलायतमा एक जनाको मृत्यु

ओमिक्रोनबाट पहिलोपटक बेलायतमा  एक जनाको मृत्यु
कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनबाट पहिलोपटक बेलायतमा एक जनाको मृत्यु भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ओमिक्रोन संक्रमितका कारण अस्पतालहरूमा चाप बढेको बताएका छन् । उनले सर्वसाधारणलाई सम्भव भएसम्म छिटो कोभिडविरुद्धको खोपको बुस्टर डोज लगाउन आग्रह गरेका बीबीसीले जनाएको छ । राजधानी लन्डनस्थित एक खोप केन्द्रको भ्रमण गर्दै जोन्सनले ‘ओमिक्रोनका लक्षणहरू मध्यम खालका हुने भन्ने मानसिकत...

आफ्नै मृत्यु भएको प्रमाणित गर्न र जेल सजायबाट बच्न एक व्यक्तिले गरे हत्या

आफ्नै मृत्यु भएको प्रमाणित गर्न र जेल सजायबाट बच्न  एक व्यक्तिले गरे हत्या
भारतमा अपराध गरेको अभियोगमा लागेका एक व्यक्तिले जेल जान नपरोस् भनेर आफ्नै मृत्यु भएको प्रमाणित गर्ने प्रयासमा अर्को व्यक्तिको हत्या गरेको प्रहरीले जनाएको छ। उत्तर प्रदेश राज्यका ३६ वर्षीय सुदेश कुमारले आफ्नो मृत्यु भएको भनी झुक्याउन आफूले हत्या गरेका व्यक्तिको शव पत्नीसँग मिलेर भीरबाट खसाउन खोजेका थिए। तर उनले मोटरसाइकलमा राखेर शव लगेको दृश्य सीसीटीभीले खिचेको फेला परेपछि उनको षड्यन्त्र असफल...

मस्जिदमा नमाज पढिरहेकामाथि गोली प्रहार, १६ जनाको मृत्यु

मस्जिदमा नमाज पढिरहेकामाथि गोली प्रहार, १६ जनाको मृत्यु
नाइजेरियाको नाइजर प्रान्तमा बन्दुकधारीले एक मस्जिदमा प्रवेश गरि १६ जनाको गोली हानी हत्या गरेका छन्। प्रान्तको मशेगु क्षेत्रको बारे गाउँमा भएको यस घटनामा ठूलो संख्यामा मानिसहरु घाइते भएका बीबीसीले जनाएको छ। नाइजर प्रान्तका सरकारी अधिकारीका अनुसार बन्दुकधारीले बिहानको नमाज पढिरहेका मानिसमाथि गोली चलाएका थिए। बन्दुकधारी मोटरसाइकलमा सवार थिए र उनले आउने क्रममा बाटोमा पनि एक जनाको गोली हानी हत...

यो हो ‘इच्छा मृत्यु’ चाहनेहरुका लागि मेसिन: स्वीजरल्याण्डले ‘डेथ मेसिन’ लाई दियो कानुनी स्वीकृति

यो हो ‘इच्छा मृत्यु’ चाहनेहरुका लागि मेसिन: स्वीजरल्याण्डले ‘डेथ मेसिन’ लाई दियो कानुनी स्वीकृति
स्वीस सरकारले इच्छा मृत्युका लागि मेसिनको प्रयोगलाई कानुनी स्वीकृति दिएको छ । यो मेसिनबाट एक मिनेटभित्र कुनै पनि पीडाबिना मानिसको मृत्यु हुने कम्पनीको दाबी छ । यो मेसिन कफिनको आकारमा बनाइएको छ। यस मेसिनको माध्यमबाट अक्सिजनको स्तर निकै कम हुन्छ, जसका कारण १ मिनेटभित्रै मृत्यु हुन्छ । एग्जिट इन्टरनेशनल नामक संस्थाका निर्देशक डा फिलिप नित्स्केले यो ‘मेसिन अफ डेथ’ बनाएका हुन् । जसलाई ‘डाक्टर मृत्यु...

तमिलनाडूमा सेनाका वरिष्ठ अधिकारी सवार हेलिकप्टर दुर्घटना

तमिलनाडूमा सेनाका वरिष्ठ अधिकारी सवार हेलिकप्टर दुर्घटना
भारतको तमिलनाडूमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ । समाचार एजेन्सी पिटीआई र एएनआईका अनुसार सेनाको हेलिकप्टर तमिलनाडूको कन्नुरमा दुर्घटना भएको हो । समाचार एजेन्सीका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा सेनाका वरिष्ठ अधिकारी समेत रहेका थिए । तर ती वरिष्ठ अधिकारी को थिए भन्ने केही खुलाइएको छैन ।

भारतमा काेभिडकाे तेस्राे कहर सुरु हुने चेतावनी

भारतमा काेभिडकाे तेस्राे कहर सुरु हुने चेतावनी
भारतमा काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन बढेकाे र यसका कारण आगामी वर्षकाे फेब्रुवरीसम्म तेस्राे लहर सुरु हुने विज्ञहरुले चेतावनी दिएका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नाेलाेजीका वैज्ञानिक महिन्द्र अग्रवालले आगामी फेब्रुवरीसम्म दैनिक काेभिड संक्रमितकाे संख्या एक लाख ५० हजार पुग्ने अनुमान गरेका छन् । ‘भारत सामान्य अवस्थामा फर्किरहेका बेला ओमिक्राेनका बिरामी देखिनु ठूलाे धक्का हाे । समयमै पर्याप...

अब युएईले कामदारलाई हप्तामा दुई दिन विदा दिने

अब युएईले कामदारलाई हप्तामा दुई दिन विदा दिने
 संयुक्त अरब इमिरेट्स (युएई)ले कामदारलाई हप्तामा दुई दिन विदा दिने भएको छ । नयाँ वर्ष २०२२ को जनवरीबाट लागू हुने गरि युएईले आफ्नो कार्यहप्ता सोमबार देखि शुक्रबारसम्म पाँच कार्य दिन बनाउने भएको हो । जनवरीदेखि युएईका कामदार तथा कर्मचारीले शनिबार र आइतबार विदा पाउनेछन् । कर्मचारीहरुको कार्य दक्षता उकास्ने र सामाजिक जीवनस्तर वृद्धि गर्ने सोच सहित यो व्यवस्था गर्न लागेको जनाइएको छ । यो व्यवस्थाले...

फुटबल स्टार मेसीको होटल भत्काउन अदालतको आदेश

फुटबल स्टार मेसीको होटल भत्काउन अदालतको आदेश
फुटबल स्टार लियोनल मेसीको स्पेनमा रहेको चार तारे होटल भत्काउन अदालतले आदेश दिएको छ । मापदण्डविपरित होटल बनाएको भन्दै २६ मिलियन पाउण्ड लगानीमा बनेको होटल मिम सिटगेशलाई अदालतले तत्काल भत्काउन आदेश दिएको हो। अर्जेन्टिनी कप्तान मेसीले यो होटेल सन् २०१७ मा म्याजेस्टिक होटल समूहसँग ३० मिलियन युरोमा खरिद गरेका थिए। ७७ वटा कोठा रहेको यो होटल बार्सिलोनाभन्दा ४० किलोमिटर टाढा समुन्द्र किनारमा रहेको छ।...

भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए

भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए
भारतमा ओमिक्रोन भाइरसका २१ जना नयाँ संक्रमित देखिएका छन्। हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो। आइतबार बिहान सम्म पाँच जना मात्र संक्रमित रहेकामा त्यसमा बृद्धि भएर साँझसम्ममा २१ जना पुगेका हुन्। यीमध्ये जयपुरबत्राट नौ जना संक्रमित भेटिएको बताइएको छ। त्यसैगरी सात जना महाराष्ट्रबाट भेटिएका पनि बताइएको छ।अरु संक्रम...