प्रतिकूल अवस्थामा पनि स्थानीय सरकारले विपन्न परिवारहरुलाई राहत वितरण अभियान चलाएपछि खोटाङको दिप्रुङ चुइचुम्मा  गाउँपालिकामा खुसी छाएको छ । दिप्रुङ चुइचुम्मा  गाउँपालिकाले लकडाउनको अवधि थपिएपछि सो क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने  परिवारलाई राहत वितरण गरेको हो ।

लक डाउनका कारण आफ्ना गाउँपालिका जनतालाई भोकमरीको अवस्था आउन नदिन पहिलो चरणमा भौतिक दुरि कायम राख्दै दिप्रुङ चुइचुम्मा गा .पा द्वारा राहत वितरण गरिदै आएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राई ले बताए । लक डाउनले काम गर्न नपाएर भोक भोकै बस्नुपर्ने अवस्था आउन नदिन  गाउँपालिका श्रमिक वर्ग, दलित, अल्पसंख्यक ,पुर्ण अपाङ्ग, खान नपुग्ने नागरिकहरु, सुकुम्बासी तथा असहायहरुलाई    पहिलो चरणमा राहत वितरण गरिदै आईरहेको छ। आज राहत वितरणको तेश्रोे दिन शुक्रबार छोरम्बुका ८५४ परिवार र डाँडागाउँका १०४ परिवार लाई २५ केजी चामल, १ केजी नुन, खाने तेल १ प्याकेट, २ केजी दाल र तरकारी  गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, छोरम्बुका वडाध्यक्ष इन्द्र बहादुर बस्नेत, कार्यापालिका सदस्य सिता राई, वडा सदस्य तुलस कुमार राई, अमृत गिरी, लिला बहादुर तामाङ र कृषि प्राविधिक लक्ष्मी प्रसाद रेग्मी लगायको उपस्थितीमा राहत वितरण गरेका छन् । यसअघि बतासेका १४५, स -छितापोखरीको ६७ र छितापोखरीको ३९ घर परिवारलाई राहत वितरण गरिसकेका  थिए ।

लक डाउन लम्बिएकाले काम गर्न नपाएर हातमुख जोर्न समस्यामा परेका गाउँपालिकाबासी राहत पाएसँगै खुशि भएका छन् । दुखको घडीमा घर–घर आएर राहत उपलब्ध गराएको सहयोग सराहनीय रहेको स्थानीयले बताएका छन् । गाउँपालिकाले यस सङ्कटको घडीमा कुनै पनि औषधिको अभाव हुन नदिने प्रतिबद्धताका साथ रु ५ लाख बराबरको औषधि पनि खरिद गरि गाउँपालिकाका ९ वटै स्वास्थ्य संस्थालाई औषधि हस्तान्तरण गरेको छ ।भोली शनिबार याम्खा र टेम्मामा राहत वितरण हुने  गाउँपालिकाका आईटी अफिसर मणिचन्द्र राईले जानकारी  गराएको छ ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया