पोखरा- नातीको बिहेका लागि बेलायत आएका एकजना नेपालीको कोरोना भाइर’स संक्र’मणका कारण निधन भएको छ ।गत फेब्रुअरी महिनाको २६ तारिखमा लण्डन पुगेका बागलुङको अमलाचौरका ७५ वर्षीय कर्णबहादुर क्षेत्रीको बुधबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।

मार्च ३० तारिखका दिन अस्पताल भर्ना भएका उनलाई त्यसको दुई दिनपछि भेन्टिलेटरमा राखिएको थियो । एम्बुलेन्समा आएको प्यारामेडिकको टोलीले पनि अरु सबै सामान्य रहेको तर अक्सिजनको कमी भएको हुन सक्ने बताएपछि अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गरेर जाँच गर्दा क्षेत्रीलाई नि’मोनिया देखिएको डाक्टरहरुले बताएका थिए । सोमबार साँझ अस्पताल भर्ना भएका उनलाई बुधबार बिहानदेखि भेन्टिलेटरमा राखिएको थियो । क्षेत्रीलाई कोरो’नाको सं’क्रमण पुष्टी भएको जानकारी पनि परिवारले सोहि दिन पाएको थियो ।

बुधबार दिउँसो अस्पतालले परिवारलाई टेलिफोन गरेर क्षेत्रीलाई बचाउन कुनै उपाय नलागेको जानकारी गराएको थियो । अप्रत्यासित रुपमा क्षेत्रीको निधनपछि अहिले परिवार मर्माहत छ । क्षेत्रीसंगै आएकी उनकी ७१ वर्षीय श्रीमतीलाई सम्हालिन गाह्रो परेको छ ।

मृतक कार्की इण्डियन आर्मीका ‘रिटायर्ड पेन्सनर’ थिए । अवकाशप्राप्त जीवनलाई आफ्नै गाउँमा समाजसेवा र राजनीतिमा लगाएका उनी तत्कालिन गाविसमा एमालेको तर्फबाट उपाध्यक्ष निर्वाचित भएका थिए । परिवारका अनुसार उनलाई कुनै स्वास्थ्यसमस्या समेत थिएन ।

तपाईको प्रतिक्रिया