बेलायतमा विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमित संख्या चीनभन्दा धेरै भएको छ। सोमबार बिहानसम्मको तथ्यांक अनुसार बेलायतमा ८५ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ।

यो संख्या चीनभन्दा २ हजार ७२ ले बढी हो। ती संक्रमितमध्ये १० हजार ६२९ जनाको ज्यान गएको छ भने ६२६ जना निको भएका छन्।

यसैगरी छिमेकी देश भारतमा पनि संक्रमण दर बढेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतमा ९ हजार २०५ जनामा संक्रमण भइसकेको छ। त्यस्तै ३३१ जनाले ज्यान गुमाएका छन्।

गत डिसेम्बरको अन्तिमदेखि फैलिएको कोरोना संक्रमण सबभन्दा बढी अमेरिकामा देखिएको छ। त्यहाँ सोमबार बिहानसम्ममा ५ लाख ५५ हजार ३९८ मा संक्रमण देखिएको छ। जसमध्ये २२ हजार २३ जनाले ज्यान गुमाएका छन् भने ३२ हजार ९८८ निको भएका छन्।

इटाली, स्पेनमा र फ्रान्समा भने केही दिनदेखि संक्रमण दर घटेको छ। स्पेनमा १ लाख ६६ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये १७ हजार २०९ ले ज्यान गुमाएका छन् भने ६२ हजार ३९१ निको भएका छन्।

यसैगरी इटालीमा १ लाख ५६ हजार ३६३ मा संक्रमण पुष्टि भएको छ। त्यस्तै १९ हजार ८९९ ले ज्यान गुमाएका छन् भने ३४ हजार २११ निको भएका छन्।

फ्रान्समा १ लाख ३३ हजार ६७० संक्रमित हुँदा १४ हजार ४१२ ले ज्यान गुमाएका छन्। त्यस्तै २७ हजार ४६९ निको भएका छन्।

कुन देशमा कति

अमेरिका
संक्रमित: ५,५५,३९८
मृत्यु: २२,०२३
निको: ३२,९८८

स्पेन
संक्रमित: १,६६,६३१
मृत्यु: १७,२०९
निको: ६२,३९१

इटाली
संक्रमित: १,५६,३६३
मृत्यु: १९,८९९
निको: ३४,२११

फ्रान्स
संक्रमित: १,३३,६७०
मृत्यु: १४,४१२

निको: २७,४६९

जर्मनी
संक्रमित: १,२७,८५४
मृत्यु: ३,०२२
निको: ६०,३००

बेलायत
संक्रमित: ८५,२०६
मृत्यु: १०,६२९
निको: ६२६

चीन
संक्रमित: ८३,१३४
मृत्यु: ३,३४०
निको: ७७,९५६

इरान
संक्रमित: ७१,६८६
मृत्यु: ४,४७४
निको: ४३,८९४

टर्की
संक्रमित: ५६,९५६
मृत्यु: १,१९८
निको: ३,४४६

बेल्जियम

संक्रमित: २९,६४७
मृत्यु: ३,६००
निको: ६,४६३

नेदरल्यान्ड
संक्रमित: २५,७४६

मृत्यु: २,७४७
निको: २९५

भारत
संक्रमित: ९,२०५
मृत्यु: ३३१
निको: १,०८०

नेपाल
संक्रमित: १२
मृत्यु: ०
निको: १

(स्रोतजोन्स हप्किन्स विश्वविद्यालय)

तपाईको प्रतिक्रिया