कुवेत / कुवेतमा सोमबार थप १ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ ।

सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार १ नेपालीसहित ६६ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या १३ सय पुगेको कुवेतको स्वास्थ्यले मन्त्रालयले जनाएको छ ।

दुई जनाको मृत्यु भएको छ, भने १ सय ५० जना उपचारपछि घर फर्किएका छन् । जंगली तथा घरपालुवा पशुपंक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहन, आफू बिरामी परेको बेलामा घरमा छुट्टै कोठामा बस्न तथा ज्वरो, रूघा, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए २४९७०९६७ नम्बरमा सम्पर्क गर्न र आफ्नो अवस्थाबारे जानकारी गराउन दूताबासले अनुरोध गरेको छ साथै कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्न भनेको छ ।

लकडाउन तथा कर्फ्यू लागेका बेला लामो समय घर भित्र रहँदा आफूलाई स्फूर्त राख्न व्यायाम तथा योगा गर्न, गीत, संगीत, साहित्य सिर्जना जस्ता रचनात्मक कार्य गर्न दूतावासले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया