अमेरिका : अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको को’रोना संक्र’मणका कारण मृत्यु’ भएको छ। विगत ३ हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधबार बिहान मृ’त्यु भएको समाचार अन्नपुर्ण पोष्टमा अनिल अधिकारीले लेखेका छन् ।
कोरोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेको बताइन्छ। मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन्। सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे। मल्ल नेपालमा प्रहरी सेवामा थिए।
पवनकुमारको आफ्नो मान्छे बताउने पद्यमा प्रधानले प्रहरीले आवश्यक सूचना लिएर केही समयपछि मृ*त्युदर्ता लिन आउनु भनेको जानकारी दिएकी छन्। पद्यमाले भनिन्, ‘पवनभाई र मेरो परिवार केही समय अपार्टमेन्ट सेयरिङ गरेर बस्यौं, साह्रै दुखद भयो, भाईको आत्माले शान्ति पाओस्।’
२ सातापछि सनाखत
यसैबीच मार्च २७ मा न्यूयोर्कको एल्मष्ट अस्पतालमा मृ’त्यु भएका एकजना गैरआवासीय नेपालीको बुधबारमात्र सनाखत भएको छ। भा’इरस संक्र’मणका ज्या’न गु’माउने बिष्णु राई भएको पुष्टि भएको छ। राईका आफन्त अमेरिकामा नभएकाले उनको मृ’त्युबारे न्यूयोर्कमा रहेको नेपाली समुदाय अनविज्ञ थियो।
राईका बारेमा नेपालबाट सोधखोज सुरु भएपछि एल्मष्ट अस्पतालको डेथ नोटिफिकेशन विभागले मार्च २७ मा निधन भएको पुष्टि गरेको हो। यसैबीच राईको मृ’त्यु बारेमा न्यूयोर्कमा रहेको वाणिज्य दूतावासले उनका आफन्तले सम्पर्क गरेको जानकारी दिएको छ। कार्यवाहक महावाणिज्यदूत पुष्पराज भटराईले राईका आफन्तले श’व नेपाल लैजान चाहेको र त्यसको प्रकृयाका बारेमा काम भइरहेको जानकारी दिए।
हालसम्म अमेरिकामा ८ जना नेपालीको कोरो’ना भाइ’रस संक्र’मणका कारण मृ’त्यु भएको छ। भने यहाँ संक्र’मितको संख्या समेत २ सय हाराहारीमा रहेको बताइन्छ।


















