माेरङकाे बुढीगंगा गाउँपालिका १ की युवतीमा काेराेना नेगेटिभ देखिएकाे छ ।
र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएकी युवतीको काेशी अस्पताल विराटनगरमा पीसीआर विधिबाट थ्राेट स्वाब परीक्षण गर्दा काेराेना रिपोर्ट नेगेटिभ देखिएको हाे ।
जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बिहीबार र्यापिड डाइग्नोष्टिक टेष्ट गर्दा पोजेटिभ देखिएपछि शुक्रबार काेशी अस्पतालमा थ्रोट स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको बताए ।
भारतको बैङ्लोरबाट १० चैतमा नेपाल फर्किएकी २७ वर्षिय युवतीको बिहीबार आरडीटी गर्दा पोजेटिभ देखिएपछि काेशी अस्पताल भर्ना गरिएकाे थियाे ।
युवतीसँगै बैंगङलोरबाट आएकी अर्का युवतीको आरडिटी पनि नेगेटिभ देखिएकाे थियाे ।


















