ओमानमा जारी टी–२० विश्वकप २०२२ ग्लोबल छनोट खेलमा शनिबार फिलिपिन्समाथि नेपालले विशाल जित हात पारेको छ । नेपालले दिएको २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेटमा ८२ रन मात्र बनाउन सक्यो । नेपाल १३६ रनले विजयी भयो ।

नेपालका लागि कप्तान सन्दीप लामिछानले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिएपछि फिलिपिन्सका ब्याटर रनका लागि संघर्ष गरेका थिए । यस्तै अभिनाष बोहोरा, जितेन्द्र मुखिया, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा र कुशल मल्लले एक एक विकेट लिए ।

यसअघि कुशल भुर्तेलले करिअरको पहिलो शतक १०४ रन र दिपेन्द्रसिंह ऐरीले ८३ रन बनाएका थिए । यी दुई खेलाडीबीच १७१ रनको साझेदारी भएपछि नेपालले तीन विकेटमा २१८ रन बनाएको थियो ।

यो जितपछि नेपालले २ खेलमा दुई जितसहित ४ अंक जोडेको छ । यो जितसँगै नेपालको सेमिफाइलको सम्भावना बढेको छ ।

यसअघि नेपालले घरेलु टिम ओमानलाई ३९ रनले पराजित गरेको थियो । अब नेपालले सोमबार क्यानडासँग खेल्नेछ । क्यानडासँग जितले नेपाल समूह विजेताका रुपमा सेमिफाइल पुग्नेछ भने हार भए रनरेटले सेमिफाइलको समीकरण तय हुनेछ।

तपाईको प्रतिक्रिया