त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १८४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको हो ।

नेपालका लागि आरिफ शेखले ३१ रनको योगदान गरे । यसअघि नेपालले तेस्रो ओभरको तेस्रो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भए । उनी रन आउट भएका हुन् ।

१२औँ ओभरको तेस्रो बलमा आफ्नो तेस्रो विकेट गुमायो । नेपालका आसिफ शेख ४३ रन बनाएर आउट भए । उनलाई अलेइ नोले क्याच आउट गराए ।​१३औँ ओभरको पहिलो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो । नेपालका रोहित कुमार पौड्यल ३४ रन बनाएर आउट भए । उनलाई काड सोपरले क्याच आउट गराए ।

१४औँ ओभरको पहिलो बलमा नेपालले आफ्नो चौथो विकेट गुमायो । नेपालका दिपेन्द्र सिंह ऐरी ४ रन बनाएर आउ भए । उनलाई कार्लेश अमिनीले क्याच आउट गराए ।​ १५औँ ओभरको तेस्रो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो । नेपालका कुशल मल्ल ११ रन बनाएर बोल्ड आउट भए । उनलाई रिले हेकुरेले बोल्ड गराएका हुन् ।

१६औँ ओभरको दोस्रो बलमा नेपालले छैटौँ विकेट गुमायो । नेपालका लोकेश बम ५ रन बनाएर आउट भए । उनीलाई कार्लेश आमिनीले क्याच आउट गराएका हुन् । १७औँ ओभरको पहिलो बलमा नेपालले आफ्नो सातौं विकेट गुमायो । नेपालका करण केसी १४ रन बनाएर आउट भए । उनलाई पीएनजीका इलेइ नोआले क्याच आउट गराए ।

त्यसपछि नेपालले १९औँ ओभरको अन्तिम बलमा आफ्नो आठौँ विकेट गुमायो । नेपालका सोमबाल कामी १ रन बनाएर आउट भए । उनलाई नोरमान भानुवाले क्याच आउट गराएका हुन् । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेलिरहेको छ ।

पीएनजीसँगको एकदिवसीय सिरिज गुमाएको नेपाल टी–ट्वान्टी सिरिजमा भने आफूलाई बलियो सावित गर्ने योजनामा छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपाललाई घरेलु मैदानमा सिरिज जित्ने मौका छ । तर, एकदिवसीय क्रिकेटमा पीएनजीसँग दुई खेलमा पराजित भएको नेपाललाई भने आजको खेलमा डर छ । नेपाल पीएनजीसँग पहिलो खेलमा ६ रन र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया