प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा मोरङ विराटनगरकी जीना कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की र सदस्य सचिवमा ओखलढुंगा ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताए । मन्त्रिपरिषद्को सोमबार अबेर रातिसम्म बसेको बैठकले तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारले खेलकुद विकास बोर्डमा नियुक्त गरेका पदाधिकारीलाई हटाउने निर्णय गरेको थियो ।

आचार्यले गत असोज २५ गतेको मन्त्रिपरिषद् निर्णयले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा पाँचथरका बाबा मेयाङ्बो, सदस्य सचिवमा विराटनगरका पर्शुराम बस्नेत भन्ने कृष्ण बस्नेत, सदस्यमा सुनसरीका भेषराज कार्की, विप्लव घोष र ओखलढुंगाका थलु राजभण्डारीलाई नियुक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया