काठमाडौं । दसैंका लागि मुस्ताङबाट ल्याइएका भेडा(च्याङ्ग्रा कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेमा चितुवाले आक्रमण गरी मारेको छ। रातको समयमा चितुवाले आक्रमण गरी ७ वटा भेडा र ८ वटा च्याङ्ग्रा मारेको अन्नपूर्ण गाउँपालिका( ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए।

दसैंका लागि पोखरामा बिक्री गर्न मुगुबाट हिमालपारिको जिल्ला मुस्ताङ हुँदै व्यापारीले च्याङ्ग्रा ल्याएका थिए। काँडे बजार नजिकै रातको समयमा बास बसेका च्याङ्ग्रालाई चितुवाले आक्रमण गरेको बताइएको छ। चितुवाले भेडा(च्याङ्ग्रा आक्रमण गरेको थाहा पाएपछि व्यापारी उठेर होहल्ला गरेपछि चितुवा भागेको वडाध्यक्ष गुरुङले बताए। भेडा च्याङ्ग्रा मुगुका व्यवसायी छिरिङ लामाले बिक्रीका लागि ल्याएका थिए। अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया