ढिलो चाँडो होला तर अपराधी कहीँ गए पनि छुट्दैन भन्ने उदाहरण पेस गर्दै प्रहरीले करणी पछि ह त्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । फरार कसुरदार झापा भद्रपुर नगरपालिका–९ घर भएका ४२ वर्षीय लीलाराज गौतमलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

सर्वोच्च अदालतबाट ज न्मकैद फैसला सुनाइएका गौतमलाई इन्टरपोलको सहयोगमा अमेरिकाको मियामीबाट पक्राउ गरी बुधबार काठमाडौँ ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ । उनलाई बुधबार नै जिल्ला अदालत काठमाडाँैमा पेश गरिएकोमा अदालतको आदेशले कारागार कार्यालय डिल्लीबजार चलान गरिएको व्यूरोका प्रहरी उपरीक्षक आभूषण तिमिल्सिनाले जानकारी दिनुभयो ।

२९ भदौ ०५७ मा सन्ध्या राजवंशी साँझमा आफ्नो घर आएका सीताराम बस्नेतसँग बाहिर निस्किइन् । झापा चन्द्रगढी–३ का बस्नेत, लीलाराज गौतम र मनोज खड्काले त्यही राति सन्ध्यालाई करणी गरी आ त्मह त्या जस्तो देखाउन चारआलीको जंगलमा रहेको बकैनाको रूखमा झु न्ड्या एका थिए । ‘घटनास्थलबाट बरामद भएको क न्ड म र पे न्टीमा रहेको वी र्य अलग–अलग व्यक्तिको भएको’ परीक्षण रिपोर्टले भनेको थियो ।

जिल्ला अदालत झापाका तत्कालीन न्यायाधीश बालकृष्ण उप्रेतीले ०५८ मा बस्नेतलाई सर्वस्वसहित जन्मकैद तथा गौतम र खड्काले सफाइ पाउने फैसला गरे । फैसलाविरूद्ध बस्नेत पुनरावेदन गरे । पुनरावेदन अदालत इलामका तत्कालीन मुख्य न्यायाधीश राजेन्द्रकुमार भण्डारी र न्यायाधीश मोहनप्रसाद घिमिरेले तीनै जनालाई २८ चैत ०५८ मा सफाइ दियो । त्यसविरुद्ध सर्वोच्चमा परेको मुृद्दामा न्यायाधीशद्वय ताहिर अलि अन्सारी र मोहनप्रकाश सिटौलाको संयुक्त इजलासले २९ भदौ ०६६ मा ‘यस घटना क्रु र हिं सा र ज्या दै निन्दनीय रहेको’ भन्दै तीनैजनालाई दोषी ठहर गरी ज न्मकै दको फैसला गरे ।

तपाईको प्रतिक्रिया