काठमाडौं / गायक समिर घिसिङ पक्राउ परेका छन् । भिटेन नामले परिचित नेपाली र्‍यापर घिसिङलाई बिहीबार महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो। रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए।

अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले बताए। यसअघि मंगलबार गायक दुर्गेश थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

तपाईको प्रतिक्रिया