बैतडीको पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयका कृषि सहायक प्रशिक्षक सुरेन्द्रबहादुर विष्ट मृत फेला परेका छन्। उनी #बुटवल उपमहानगरपालिका–७ शिवनगरस्थित सामुदायिक वनमा शुक्रबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
शिक्षालय प्रमुख जीवन पन्तका अनुसार जिल्ला अस्पतालमा चेकजाँच गराउँदा जण्डिसको समस्या देखिएका उनी थप उपचारका लागि केही दिनअघि मात्रै काठमाडौँ गएका थिए। विष्ट बैतडी फर्कने क्रममा सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका बताइएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ घर भएका २५ वर्षीय विष्टका श्रीमती, एक छोरा र एक छोरी छन्।























