बिराटचौक । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) जिल्ला कार्यसमिति मोरङको आयोजनामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ ।
यहि माघ १६ गते शहिद दिवसको अवसरमा सुन्दरहरैचा नगरपालिकास्थित सलकपुरको दुर्गादेवी दुलाल स्पोटग्राममा कार्यक्रम हुने भएको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । विद्यार्थी पहिचान तर्फ आधारभुत तथा माध्यामिक तह स्तरिय चित्रलेखन, हस्तलेखन, विज्ञान प्रदर्शनी साथै लोक नृत्य प्रतियोगिता समवेश हुने आयोजक एनप्याब्सन मोरङ जिल्ला कार्य समिति अध्यक्ष नारायण ढकालले जानकारी दिएका छन ।
प्रतियोगिताका बिजयी टिमलाई ट्रफी, मेडल प्रमाणपत्रका साथै नगद पुरस्कार प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया