सानेपाकी मुना कार्कीको ह’त्या र उनकै घरमा बस्ने कामदार विजय चौधरीको आ’त्मह’त्या प्र’करणको र’हस्य पत्ता लगाउन प्रहरीले तेस्रो पक्षमाथि अनुसन्धान केन्द्रित गरेको छ। प्रहरीले यसअघि विजयले नै मुनाको ह’त्या गरेर आफूले आ’त्मह’त्या गरेको बताउँदै आएको थियो। तर, घट’नाको १० दिन बितिसक्दा पनि प्रहरीले अ’पराध गर्नुको पछाडि विजयको मनसाय पत्ता लगाउन सकेको छैन।

यससँगै, विजय एक्लैले कुनै हति’यारको प्रयोग नगरी मुनाको ह’त्या गर्न सम्भव थियो कि थिएनजस्ता प्रश्न पनि अनुसन्धानरत प्रहरीका सामु उब्जिएका छन्। त्यसैले यो घ’टनामा तेस्रो पक्षको संलग्नता रहेको हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले त्यसतर्फ अनुसन्धानको सुई सोझ्याएको हो।

‘हामीलाई शं’कास्पद लागेका केही पक्षबारे अनुसन्धान गर्दैछौँ,’ महानगरीय प्रहरी परिसर जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘आवश्यकताअनुसार कानुनसम्मत रुपमा अन्तर्वार्ता (बयान) लिनेकाम जारी छ।’उनले अनुसन्धानको दायराभित्र को को परेका छन् भन्ने खुलाउन चाहेनन्। तथापि मुना र विजय दुवैजनासँग सम्बन्धित व्यक्तिहरुमाथि अध्ययन थालिएको छ।

अलि रिपोर्ट आउन ढिलाइ भइरहेको छ,’ उनले भने, ‘कल डिटेलका आधारमा केही व्यक्तिहरुलाई सोधपुछ गर्छौँ।’

त्यसका लागि विजयले प्रयोग गरेको मोबाइलको कल डिटेलको अध्ययन भइरहेको छ। प्रहरीले विजयको मोबाइलको कल डिटेल प्राप्त गरिसकेको छ। यद्यपि, घ’टना भएकै दिनको विवरण प्राप्त नभएकाले त्यो माग गरिएको परिसर स्रोतले जानकारी दियो।मुना र विजयले प्रयोग गर्ने मोबाइल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको थियो। सोमबार रिपोर्ट आउने बताएपनि अझैसम्म ल्याबको रिपोर्ट प्राप्त नगरेको एसएसपी राईले दाबी गरे।

‘फरेन्सिक ल्याबको रिपोर्ट पाएका छैनौं। मैले आजपनि प्राविधिक साथीहरुलाई निर्देशन दिएको छु, अलि रिपोर्ट आउन ढिलाइ भइरहेको छ,’ उनले भने, ‘कल डिटेलका आधारमा केही व्यक्तिहरुलाई सोधपुछ गर्छौँ।’

मुनाको ह’त्यापछि उनका पछि अर्जुन कि’रियामा बसेका छन्। कि’रिया सकिएपछि उनीसँग पनि सोधपुछ गरिने प्रहरीले बताएको छ। माघ २७ गते बिहान पूर्वसचिव अर्जुन कार्की पशुपति मन्दिरबाट घर आउँदा मुना र विजयलाई मृ’त फे’ला पारेका थिए। उनको गाडी चालक दीपेन्द्र डंगोल त्यसबेला घरमा थिएनन्। दीपेन्द्रले अर्जुनलाई गाडी बुझाएर सानेपामै रहेको आफ्नै कोठामा गएको बयान दिएका छन्।

प्रहरीले घ’टनाको तथ्य पत्ता लगाउने अर्जुनको घरमा राखिएको सीसीटीभीको फुटेजलाई विभिन्न कोणबाट विश्लेषण गरिरहेको छ। प्रहरीले घट’नाको दृश्य देखेपछि अर्जुन घरबाहिर आएर क’राइरहेको देखिएको बताएको छ।

११ बजेर २० मिनेटमा अर्जुन गाडी लिएर घरमा आइपुग्छन्। त्यसपछि गाडी पार्क गरेर हातमा रातो झोला लिएर उनी भित्र प्रवेश गरेको दृश्य पनि सीसीटीभीमा कैद भएको एसएसपी राईले बताए।’‘भित्र प्रवेश गरेका अर्जुन केही बेरपछि चिच्या’उँदै बाहिर आएर कम्पाउन्डभित्रै यताउता गर्दै अलाप गरेको देखिन्छ,’ राईले भने।

अर्जुनले घर फर्कदा मुनालाई रग’तपिच्छे अवस्थामा र विजयलाई मृ’त अवस्था’मा फे’ला पारेको बताएका थिए। प्रहरीले मुना भान्सामा ल’डेको अवस्थामा र भुइँतलामा विजयको श’व फे’ला पारेको थियो।

तपाईको प्रतिक्रिया