स्वदेशमा पर्याप्त उत्पादन नहुँदा करिब ४२ करोड रुपैयाँको कफी आयात
काठमाडौं । नेपालमा वार्षिक करिब ४२ करोड रूपैयाँको कफी आयात भएको तथ्यांकले देखाएको छ। स्वदेशमै उत्पादन गर्न सकिने प्रचुर संभावना भएको कफी आयात बढ्दो रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार मुलुकमा आर्थिक वर्ष २०८०/८१ मा चार सय ४३ मेट्रिक टन कफी आयात भएको छ। आर्थिक वर्ष २०७१।७२ मा ६३.८ मेट्रिक टन कफी आयात भएको विभागको तथ्यांक छ।
नेपालमा कफी संस्कृति बढेसँगै स्वदेशमा उत्पादितल...