काठमाडौं- कुनैपनि व्यक्तिको मुखबाट उसको दिमागको स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने पाइएको छ। अनुसन्धानबाट केही त्यस्ता ब्याक्टेरिया पाइएका छन्, जो बढ्दो उमेरका साथै दिमागमा भइरहेको बदलावका कारण हुन सक्छन्।

एक्सेटर विश्वविद्यालयले आफ्नो शोधमा त्यस्ता ब्याक्टेरिया पाएका छन्, जसको सम्बन्ध स्मरण शक्ति र चेतनासँग रहेको छ। जबकी अन्य कमजोर मस्तिष्क र अल्जाइमर रोगसँग जोडिएका छन्।

शोधपत्रकी मुख्य लेखिका डा जोआना एल ह्युरेक्स भन्छिन्, ‘हामी अल्जाइमर जिनका बारेमा तपाईंलाई यस समस्याले ग्रस्त पार्नु वा जाँचका लागि चिकित्सककहाँ पुग्नुअघि बताउन सक्छौं।’

hams
अहिले यो अनुसन्धान सुरुवाती अवस्थामै छ। यस अध्ययनको अगुवाइ गर्नेहरु महत्वपूर्ण जाँचमा सक्रिय छन्। उनीहरु त्यस्तो कोशिसमा लागेका छन्, के नाइट्रेटयुक्त केही हरियो पातवाला सागसब्जी जस्ता स्वस्थ खाद्य पदार्थले ब्याक्टेरियाको संख्या बढाएर के मस्तिष्कको स्वास्थ्य प्रभावित गर्न सकिन्छ?
यस अध्ययनकी सहलेखिका प्रोफेसर एन कर्बेट भन्छिन्, ‘हाम्रो शोधको अर्थ निकै गहिरो छ। कुनै ब्याक्टेरिया दिमागी कामका लागि सहायक छन् भने केही छैनन्। यस्तोमा उपचारका रुपमा ब्याक्टेरियामा बदलेर मुखबाटै डिमेन्सियालाई पनि रोक्न सकिने हुन सक्छ।’

उनी आहारमा परिवर्तन, प्रोबायोटिक्स, मुखको स्वच्छता र टारगेटेड उपचारबाट सम्भव हुन सक्ने बताउँछिन्।

यो अध्ययनमा ५० वर्षभन्दा बढी उमेरका ११५ जनालाई सहभागी गराइएको थियो। उनीहरुको दिमागी अवस्थाको परीक्षण एक अन्य परियोजनाका लागि गरिएको थियो।

COMS

तपाईको प्रतिक्रिया