बुढीगंगा गाउँपालिका–६ मा सुत्केरी दिदीबहिनीहरूलाई पोषणका लागि घ्यू तथा नवजात शिशुहरूलाई बेबी किट वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा अध्यक्ष थापा मगरले सुत्केरी महिलाको स्वास्थ्य र शिशुको समुचित स्याहार–सुसार गाउँपालिकाको प्राथमिकतामा रहेको बताए। उनले आमा र शिशुको पोषण तथा सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
वडाभित्रका सुत्केरी महिलालाई लक्षित गर्दै सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीयवासीमा सकारात्मक सन्देश दिएको छ। गाउँपालिकाले आमा तथा शिशु स्वास्थ्य सुधारका लागि विभिन्न जनचेतनामूलक तथा सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
















