विराटनगर । पितृशोकमा परेका नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालको निवासमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालगायतका नेताहरूले पुगेर समवेदना व्यक्त गरेका छन्।

ढकालका १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको बिहीबार बिहान विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो। दिवंगत ढकालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

समवेदना भेटका क्रममा डा. कोइरालाले स्वर्गीय विष्णुप्रसाद ढकालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकको यस घडीमा ढकाल परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका थिए।

तपाईको प्रतिक्रिया