मोरङ । विराटनगर–धरान सडकखण्ड अन्तर्गत विराट मेडिकल टिचिङ हस्पिटल अगाडिको मुख्य सडक क्षेत्रमा जथाभावी सवारी पार्किङ बढ्दै जाँदा दुर्घटना बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । व्यस्त सडकमा सवारी साधन अव्यवस्थित रूपमा रोक्ने तथा पार्किङ गर्ने क्रम नरोकिँदा दैनिक आवागमन प्रभावित हुनुका साथै दुर्घटना बढेको हो ।

विशेषगरी अस्पताल क्षेत्रमा मोटरसाइकल, ई–रिक्सा तथा अन्य सवारी साधन सडक किनारमै पार्किङ गरिँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको स्थानीयको गुनासो छ । सडक साँघुरो देखिने, ओभरटेक गर्न कठिन हुने तथा पैदलयात्रुलाई समेत जोखिम हुने अवस्था सिर्जना भएको बताइएको छ ।

  निमुवा ट्राफिक प्रहरी तथा बुढीगंगा गाउँपालिका प्रहरी प्रशासनको ध्यानाकर्षण भई अव्यवस्थित पार्किङ नियन्त्रण, नियमित अनुगमन तथा आवश्यक ट्राफिक व्यवस्थापन गरियाेस ।

तपाईको प्रतिक्रिया