मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाबाट प्रहरीले लागू’औषध ब्रा’उन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार राति करिब ११ बजे अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले रमाइलोबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र.१–०२–०४८ प १८८४ नम्बरको स्कुटरलाई शंका लागेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा स्कुटर चालक कानेपोखरी गाउँपालिका–५ चिसाङ बस्ने ३३ वर्षीय बिरबहादुर घिसिङको साथबाट १२ ग्राम ८८० मिलिग्राम ब्रा’उन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। घटनामा स्कुटरको पछाडि सवार कानेपोखरी–७ बस्ने अन्दाजी ३७ वर्षीय सन्तोष लिम्बुसमेतलाई नियन्त्रणमा लिइएको छ। दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी लागू’औषध सम्बन्धी कसुरमा थप अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ l

तपाईको प्रतिक्रिया