रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीमा परेर राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र शिक्षकले ज्यान गुमाएका छन् ।
रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयका अधिकृत यादव भण्डारी र टिमुरे भन्सारमा कार्यरत प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको बाढीमा परेर मृत्यु भएको छ । दुवैको शव गोरखामा भेटिएको थियो ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का शिक्षक नारायण थापाको शव नवलपरासी पूर्वको देवचुलीमा फेला परेको थियो । थापा बेत्रावतीस्थित निलकण्ठ माध्यमिक विद्यालयमा मावि अंग्रेजी शिक्षकका रूपमा कार्यरत थिए ।
बाढीपछि गुल्मी, पाल्पा, अर्घाखाँचीलगायत जिल्लाका राष्ट्रसेवक कर्मचारी तथा सर्वसाधारणसमेत सम्पर्कविहीन छन् । लुम्बिनी प्रदेश प्रहरीका अनुसार प्रदेशबाट मात्रै १६८ जना अझै सम्पर्कमा आएका छैनन् ।

तपाईको प्रतिक्रिया