जोन्सन खोप विदेश जाने यात्रुहरुले यी अस्पतालबाट लगाउन सकिने

जोन्सन खोप विदेश जाने यात्रुहरुले यी अस्पतालबाट  लगाउन सकिने
विदेश जाने यात्रुहरुका लागि  सरकारले विभिन्न अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप दिने भएको छ। काठमाडौंका विभिन्न अस्पतालबाट बुधबारबाट खोप दिन लागिएकाे हाे। सरकारले सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, निजामती अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुति गृह थापाथली, टेकु अस्पतालबाट खोप लगाउन पाइने व्यवस्था गरेको छ। जोन्सनको खोप एक डोजमात्र ...

स्याङ्जामा अठार वर्षमाथिका ९९ प्रतिशत नागरिकले पहिलो मात्रा खाेप लगाए

स्याङ्जामा अठार वर्षमाथिका ९९ प्रतिशत नागरिकले पहिलो मात्रा खाेप लगाए
स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतले कोभिड– १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। जिल्लामा खोपका लागि अठार वर्ष उमेर समूहभन्दा माथिको लक्षित सङ्ख्या एक लाख ६३ हजार ८४० मध्ये एक लाख ६२ हजार ३८२ जनाले पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन्। जिल्लामा गत शुक्रबारसम्म एक लाख १९ हजार ७८५ जनाले कोभिड– १९ विरुद्धको दोस्रो मात्रा लगाइसकेका छन्। ए...

चिसो मौसममा के खाने, के नखाने ?

चिसो मौसममा के खाने, के नखाने ?
जाडो मौसम सुरु भएलगत्तै हामीलाई रुघा, खोकी, ज्वरोजस्ता रोगहरूले सताउने गर्दछ । जाडो मौसममा आफुलाई न्यानो राखिराख्न मानिसहरू तातो–तातो चिया पिउने गर्दछन् तर यदि तपाईंले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो नराखेको खण्डमा यसले तपाईंलाई निकै समस्यामा पार्न सक्छ । यी आहाराको सेवनले तपाईंको शरीरलाई तातो राख्नुका साथै शरिरलाई अन्य रोगहरूबाट लड्न सहायता मिल्ने गर्दछ । १. च्याउ : च्याउले तपाईंको इम्...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कोरोना खोप उपलब्ध गराउन आग्रह

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कोरोना खोप उपलब्ध गराउन आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)सँग आग्रह गरेका छन् । आईओएमका मिसन प्रमुख लोरेना ल्यान्डोसँग मन्त्रालयमा हिजो भएको भेटमा उनले खोपको लागि आग्रह गरेका हुन् । यस्तै उनीहरुबीच आप्रवासी नेपाली श्रमिकको क्षेत्रमा आईओएमले नेपाल सरकारसँग गरिरहेको सहकार्यबारे समीक्षा प...

नेपालआइपुग्याे जोन्सनको ७ लाख १९ हजार डोज खोप

नेपालआइपुग्याे  जोन्सनको ७ लाख १९ हजार डोज खोप
एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज खोप आज नेपाल आइपुगेकाे छ। २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये पहिलाे खोप आज आएकाे हाे। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज बिहान ७:४५ बजे पहिलाे खेप खाेप आएकाे जानकारी दिए। त्यसैगरी बाँकी भाेलि १४ लाख ५७ हजार डोज खोप पर्सी आउने जानकारी दिए। खोप युनिसेफ मार्फत आउन ला...

पुस ४ गतेबाट १२ देखि १८ वर्ष मुनीका बालबालिकालाई खोप लगाइने

पुस ४ गतेबाट १२ देखि १८ वर्ष मुनीका बालबालिकालाई खोप लगाइने
सरकारले देशभरका बालबालिकालाई लक्षित गरी पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप कार्यक्रम सुरु गर्ने भएको छ। उनीहरुलाई मोर्डना कम्पनीको खोप लगाइने छ। ५७ वटा जिल्लाका स्वास्थ्य संस्थाबाट १२ देखि १८ वर्षमुनीका बालबालिलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सकेसम्म बालबालिकालाई नजिक पर्ने गरी खोप केन्द्रको व्यवस्थापन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप पुगेसम्म सबैलाई लगाइ...

बालबालिकालाई ४ पुसदेखि मोडेर्ना खोप

बालबालिकालाई ४ पुसदेखि मोडेर्ना खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई ४ पुसदेखि कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइनेछ । हिमाली जिल्लासहित ५७ जिल्लाका विद्यालयमै खोप केन्द्र तोकेर बालबालिकालाई खोप दिइने विभागले जानकारी दिएको छ । यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लाका बालबालिकालाई भने फाइजर खोप दिइनेछ । स्वास्थ्य से...

गर्भवति महिलाहरुलाई कोरोना खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

गर्भवति महिलाहरुलाई कोरोना खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवति महिलाहरुलाई कोरोना विरुद्धको खोप लगाउन अनुरोध गरेको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले पहिलो तीन महिना कटिसकेका सबै गर्भवति महिलाहरुलाई नजिकैको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेका छन्। उनले भने,‘गर्भवतिलाई खोप दिन सुरु भईसकेको पनि छ। खोप नलगाएका पहिलो तीन महिना कटेका सबै महिलालाई नजिकैको खोप केन्द्रमा ग...

नेपालमा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि भएका दुई जना संक्रमणमुक्त

नेपालमा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि भएका दुई जना संक्रमणमुक्त
नेपालमा आइपुगेका दुई कोरोना संक्रमितहरु कोरोनामुक्त भएका छन् । नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएका २ जना संक्रमण मुक्त भएका हुन् । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएका दुवै जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोमबार मात्रै संक्रमण पुष्टि भएको भनेर सार्वजनिक गरिएका उनीहरु संक्रमण मुक्त भएको जनाइएको छ ।

 नेपालमा ८७ लाखले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

 नेपालमा ८७ लाखले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप
नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् । यस्तै पहिलो डोज मात्रै खोप लगाउनेको संख्या १ करोड ५० लाख ४ हजार ७६४ पुगेको छ । पहिलो र दोस्रो डोज गरी हालसम्म १ करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार पछिल्ल...