सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिका–५ स्थित सित्खा पुल नजिकै सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुब्दा सुनकोसी गाउँपालिका–४ का दलबहादुर पुलामीका ९ वर्षीय छोरा सफल पुलामी र वडा नम्बर ५ की सरिता विकका १० वर्षीय छोरा उकेश विकको मृत्यु भएको हो।
बालकहरू नदीमा बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी अन्तर्गत इलाका ...











