सर्वोच्चको आदेशपछि प्रहरीमा खैलावैला : ३० वर्षे सेवा अवधिका कारण प्रहरी अधिकारीलाई अवकाश नदिनु
काठमाडौं । नेपाल प्रहरीले प्रहरी नियमावली २०७१ को नियम १२७ (१)घ लाई आधार मानेर आफ्ना कर्मचारीलाई सेवा प्रवेश गरेको ३० वर्षपछि अवकाश दिँदै आएको छ । यही प्रहरी नियमावलीका अनुसार १६ भदौ २०८१ मा अवकाशमा जान लागेका नेपाल प्रहरीका ९० र सशस्त्र प्रहरी बलका १८ जना अधिकृतहरु घर जादै थिए ।
त्यही व्यवस्था विरुद्ध प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले सर्वो...