इटहरी । सुनको मूल्य कीर्तिमानी विन्दुमा पुगेर ओर्लिएको छ। बुधबार १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ हजार १ सय रुपैयाँले सस्तो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। यसअनुसार ५ रुपैयाँले घटेको चाँदी तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन सुन २ हजार ५०० डलर र चाँदी २९.४२ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।

तपाईको प्रतिक्रिया