नम्बरको जिप मुगु सडकको गौरीसल्लामा दुर्घटनामा परेको थियो। उक्त जिप धनी रमेश मल्ल आफैँ हुन्।

उनका दाई नाता पर्ने रोशन शाहीका अनुसार रमेशले जिप किनेको करिब ४/५ महिना मात्रै भयो। सानै उमेरमा बुवा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जिप किनेका थिए। रमेशका आमा, श्रीमति र र्दुई छोराछोरी छन्। उनी घरको एक्लो छोरा थिए।

 दुर्घटनामा गम्भीर घाइतेभएका रमेशसहित ३ जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याएको थियो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ नगरपालिका–१ का ४० वर्षीय पृथ्वी  रावतलाई थप उपचारका लागि रिफर गरिएको थियो।

घाइते तीन जनाको आईसियुमा उपचार भइरहेको प्रदेश अस्पताल प्रशासनले जनाएको छ।प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामन्य छ। उनीहरूको चंखेली गाउँपालिकामा रहेको दार्मा स्वस्थ्य चौकीमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया