अमेरिकामा चारजना मानिसमा बर्डफ्लुको सङ्क्रमण पुष्टि

अमेरिकामा चारजना मानिसमा बर्डफ्लुको सङ्क्रमण पुष्टि
कोलोराडो राज्यमा चारजनामा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू सङ्क्रमण फेला परेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र (सीडीसी) ले पुष्टि गरेको छ। सङ्क्रमित चारै जना एक व्यावसायिक कुखुरा फार्ममा काम गर्ने मजदुरहरू रहेको पनि सीडीसीले जनाएको छ। यी कामदारहरू सङ्क्रमित कुखुराको सम्पर्कमा आएपछि लक्षणहरू रिपोर्ट गरिएको थियो। यसमा आँखाबाट आँसु आउने, ज्वरो, चिसो, खोकी, घाँटी दुख्ने र रुघा लाग्ने ल...

जंगलमा छाडिएका वृद्धको उद्धार गरी अस्पताल भर्ना

जंगलमा छाडिएका वृद्धको उद्धार गरी अस्पताल भर्ना
मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन्। बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले उनलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ । बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । 'चार दि...

कुकुर मारेकाे भन्दै छाेराले गरे बाबुको हत्या

कुकुर मारेकाे भन्दै छाेराले गरे बाबुको हत्या
नवलपरासी पूर्वमा छोराले ढुङ्गाले हानेर बाबुको हत्या गरेका छन् ।  आज (बुधबार) बिहान सवा ११ बजे कावासोती नगरपालिका–५ ठकुरीचोकमा बुबा–छोराबीच झगडा हुँदा ढुङ्गा प्रहारबाट बाबु ४३ वर्षीय  प्रेम कुमालको हत्या भएको हो । घरमा पालेको कुकुरलाई पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको पाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलले जानकारी दिए । प्रेमको कुटाईबाट घरमा पालेको कुकुरको...

कोशी प्रदेशमा एकवर्षमा विपदबाट ७७ जनाको मृत्यु, सात हजार ९०८ चौपाया मरे

कोशी प्रदेशमा एकवर्षमा विपदबाट ७७ जनाको मृत्यु, सात हजार ९०८ चौपाया मरे
कोशी प्रदेशमा गत एकवर्षको अवधीमा (२०८० असार–२०८१ साउन) ७७ जना नागरिकको मृत्यु प्राकृतिक विपदबाट भएको छ । कोशीका १४ जिल्लामा दुई हजार ८६८ विपदका घटना हुँदा त्यसले ७७ जनाको मृत्यु भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी एवं प्रवक्ता भीमबहादुर दाहालका अनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी र जंगली जनावरको आक्रमणमा जस्ता विपद्मा ७७ जनाको मृत्यु हुँदा २७७ जना घाइते भएका थिए । क...

सिमलताल पहिरो : मृतकका परिवारलाई एक लाख दिने प्रदेश सरकारको निर्णय

सिमलताल पहिरो : मृतकका परिवारलाई एक लाख दिने प्रदेश सरकारको निर्णय
 मधेश प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताए। ‘दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ’, मुख्यमन्त्री सिंहले रासससित कुरा गर्दै भने...

सुन तोलाको डेढ लाख नजिक पुग्यो

सुन तोलाको डेढ लाख नजिक पुग्यो
नेपाली बजारमा सुनको भाउले दोस्रो दिन पनि कीर्तिमानी उचाइ छोएको छ । साताको चौथो कारोबार दिन आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो । मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा खरिदबि...

सवारी दुर्घटनामा ११५ जनाको मृत्यु

सवारी दुर्घटनामा ११५ जनाको मृत्यु
चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ११५ जनाको मृत्यु भएको छ । २०८० साल साउनदेखि २०८१ असारसम्म भएका दुर्घटनामा ११५ जनाको मृत्यु भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन् । सो अवधिमा चार सय ४५ सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी आठ सय ३२ जना घाइते भएक...

संखुवासभामा पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु, एक गम्भीर

संखुवासभामा पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु, एक गम्भीर
 संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए । पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी समीक्षाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । ढुङ्गाल...

पथलैयामा बस दुर्घटना: १५ घाइते,३ को अवस्था गम्भीर

पथलैयामा बस दुर्घटना: १५ घाइते,३ को अवस्था गम्भीर
वीरगन्ज–पथलैया सडकखण्डमा  यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । चितवनको नारायणगढबाट पर्साको वीरगन्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थित डाबर नेपाल प्रालि नजिकको सडकमा मंगलबार बिहान ११ बजेतिर अनियन्त्रित भइ पल्टिएको हो । दुर्घटनाका घाइते तीनजनाबाहेक अन्यको अवस्था मध्यम...

सिमलताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत

सिमलताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत
 चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ। सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान ९:३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ। दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ। भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पार...