रकम चोरी गर्ने पक्राउ
विराटनगर / घर फुटाएर रकम चोरी गर्ने मोरङको कटहरी गाउँपालिका–१ का २२ वर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१ का मोतीराज दाहालको घरबाट १३ लाख ५० हजार रुपैयाँ चोरी गरेको घटनामा संलग्न रहेको पाइएपछि कामतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाहालको घरबाट साउन ७ गते रकम चोरी भएको थियो ।
विराटनगर–१ बाटै पक्राउ परेका कामतको साथबाट तीन लाख ८१ हजार रुपैयाँ नगद र एक लाख ...








