वि.सं. २०७६ श्रावण २८ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अगस्ट १३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन अनि कुनै मुहूर्त पनि जुरेको देखिंदैन । श्रावण शुक्लपक्ष (गुँलाथ्व) त्रयोदशी तिथि, दिउँसो ०१:४३ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, उत्तराषाढा नक्षत्र, (अहोरात्र व्याप्त), चन्द्रमा धनु राशिमा, दिउँसो १०:३९ बजेसम्म, त्यसपछि मकर राशिमा, प्रीति योग, दिउँसो १२:५१ बजेसम्म, त्यसपछि आयुष्मान् योग, सुरुमा तैतिल करण दिउँसो ०१:४३ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०२:१८ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : मानस, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण, वारशूल : उत्तर,  काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:३२ बजे, सूर्यास्त : साँझ ०६:४३ बजे, दिनमान : ३२ घडी ५७ पला (१३ घण्टा ११ मिनेट, रात्रीमान : २७ घडी ०३ पला (१० घण्टा ४९ मिनेट)

आजका लागि अशुभ समय :–

राहु काल : दिउँसो ०३:२६ देखि ०५:०४ सम्म, यमघण्ट : बिहान ०८:५० देखि १०:२९ सम्म, गुलिक काल : दिउँसो १२:०८ देखि ०१:४७ सम्म, काल वारवेला : दिउँसो ०१:४७ देखि ०३:२६ सम्म रोग वारवेला : बिहान ०५:३२ देखि ०७:११ सम्म र साँझ ०५:०४ देखि ०८:०४ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

लाभ वारवेला : बिहान १०:२९ देखि १२:०८ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

भोलिको चाडपर्व र उत्सव :

पूर्णिमा व्रत, श्री शिवजीमा पवित्रारोपण, हयग्रीवोत्पत्ति, बाजुरा बडीमालिका मेला,  पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ । कर्मचारीले हाकिम र छात्रछात्राले गुरुजनको सामीप्यता पाउने समय छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ, तर दिन ढल्दै जाँदा कर्मप्रति समर्पित भई खट्ने अनुकूलता मिल्नेछ । आज बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, अब कामधन्दा र लक्ष्यप्रति सजग हुने वेला हो, प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन । खटेजति सफलता पाइने योग छ, जिम्मेबारीको क्षेत्रमा लगनशील भएमा अवश्यमेव लाभ मिल्ने समय छ ।

शुभरङ्ग : कालो

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : कुल/पितृदेवता

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास

के नगर्ने : अल्छीपन र अकर्मण्यता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आजको दिन मिश्रित फलदायी रहेको छ । उदयकालमा आयुक्षेत्रमा चन्द्रमा छ, तर आज दिउँसोबाट चन्द्रमाले भाग्यभावमा प्रवेश गर्दैछ । त्यसैले अब उद्देश्य, लक्ष्य र कर्मप्रति निष्ठा राखी अघि बढ्दा सफलता आर्जन गर्न सकिने समय आएको छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउन सक्छ । बिहानीपख चन्द्रमाको प्रतिकूलता हुने भएकाले आज जे गरे पनि अपराह्नको समय राम्रो हुनेछ ।

शुभरङ्ग : गाढा पहेंलो वा केशरी

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : धर्मराज

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम

के नगर्ने : अपमान

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईंले कुनै महत्वपूर्ण काम छ भने मध्याह्नभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर दिन ढल्नासाथ अष्टम भावमा चन्द्रमाको प्रवेश हुने हुँदा त्यसपछि गरेका कामधन्दामा ढिलो गरी सफलता पाउने दिन छ । आजको दिन साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । साँझपख मनमा डर र त्रासको निवास हुनेछ, के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । स्वास्थ्यमा समेत सामान्य कमजोरी भएको अनुभूति हुनेछ । मन भावना र कल्पनामा रुमल्लिन सक्छ । किशोरकिशोरीमा चिडचिडेपन र झर्कोफर्को बढ्ने समय हो, संयम र धैर्य हुनु जाति हुन्छ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : भगवान् महादेव

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण

के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

रामरमाइलो र कामधाममा सफलता पाउने दिन छ । आज दिउँसोसम्म छैंठौं भावमा रहेको चन्द्रमा सकारात्मक रहेकाले मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । पारिवारिक खुसीका लागि खर्च बढ्ने छ । छात्रछात्रा कुनै परिणामको पर्खाइमा हुनुहुन्छ भने खुसीको खबर प्राप्त हुने सम्भावना देखिन्छ ।

शुभरङ्ग : हलुका रातो

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : राधाकृष्ण

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने

के नगर्ने : कामुकता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

बिहानको समय राम्रो छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । आज दिउँसो छैंठौं भावमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि तपाईं अघि सरेर अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि मन बिथोलिने दिन हो, निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । मनमा कुनै दुविधा भएमा आमा वा घरकी बुजुर्ग महिलाको विचारको अनुसरण गरेको राम्रो हुन्छ ।

शुभरङ्ग : सेतो वा घुर्मैलो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : विष्णु भगवान्

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने

के नगर्ने : मुद्दामामिला र झैझगडा

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । आज पाँचौं भावमा चन्द्रमाको प्रवेश हुँदैछ, खासगरी ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्नेहरूले लाभ र श्रेय पाउने समय हो । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । पैसाको मामिलामा खासै फरक पर्ने दिन देखिंदैन ।

शुभरङ्ग : आकासे

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने

के नगर्ने : अहङ्कार

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिनुपर्ने दिन छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारबाट सामान्यतया लाभ नै लिन सकिने समय छ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका चौथो घरमा चन्द्रमा जाने भएकाले घरपरिवारभित्रका कुनै पुराना समस्या हल गर्ने परिस्थिति बन्नेछ । तपाईं परदेशमा हुनुहुन्छ भने आमा वा घरको सम्झनामा रुमल्लिन बेर लगाउनु हुन्न । आन्तरिक सम्पत्तिको व्यवस्थापनका लागि समय दिनुपर्ने हुनसक्छ ।

शुभरङ्ग : कलेजी

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : अष्टमातृका

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने

के नगर्ने : लोभ र मोह

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

धनस्थानमा रहेको चन्द्रमा पराक्रम स्थानमा प्रवेश गर्ने उत्तम समयको आगमन भएको छ । आज धार्मिक र सामाजिक काममा वा नातागोताको सरसहयोगमा समय बित्ने सम्भावना देखिंदैछ । बन्द व्यापार र कृषिक्षेत्रमा मध्यमफल प्राप्त हुनेछ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । बोलीमा खासै प्रभाव नरहने दिन भएकाले मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, तपाईंको भावनाको कदर नहुनसक्छ । मनमा वैराग्यको भावना पलाउन सक्छ र आध्यात्मिक र दार्शनिक भावनाको विकास हुनेछ ।

शुभरङ्ग : हरियो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : गणेश

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने

के नगर्ने : दुःखीको अपमान

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

चन्द्रमाले धनस्थानको यात्रा प्रारम्भ गर्ने दिन भएकाले तपाईंले अहिले हौसिइहाल्ने समय आएको छैन । नयाँ काममा हात हाल्नु बलियो समय छैन । आर्थिक तनावको समय भए पनि बेफाइदा नै हुने दिन छैन, प्रयास गरेमा कुनै न कुनै क्षेत्रबाट धेरथोर आम्दानी बढाउन सकिने समय छ, तर सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ । आज गरेको लेनदेनको कारोबार त्यति उपयुक्त हुने छैन, त्यसैले जे गरे पनि छिट्टै प्रतिफल आउने क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ । नयाँ मित्रले धोका दिन सक्छ । बोलीमा उत्ताउलोपन हुने भएकाले संयमता अपनाउनु राम्रो हुन्छ । चिसो चिजबिज खानपान नगर्नु बेस हुनेछ ।

शुभरङ्ग : सेतो

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने

के नगर्ने : फजुल खर्च

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

दिनको सुरुवातमा बाह्रौं भावमा चन्द्रमाको उपस्थिति भए पनि शुभ परिणाम नै प्राप्त हुने दिन छ, दिउँसो तपाईंको आफ्नै घरमा चन्द्रमा आइपुग्छ, त्यसैले कुनै महत्त्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने मध्याह्नपछि मात्र राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । स्फूर्ति र उमङ्गको कमी हुनेछ तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । प्रारम्भमा मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन, जोस र जाँगर बढ्ने दिन छ, महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्ने समय छ । बन्दव्यापारमा देखिएको मन्दी आजबाट क्रमशः हट्दै जाने वातावरण बन्नेछ ।

शुभरङ्ग : गुलाबी

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : नैराश्यभाव त्याग गर्ने

के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सुरुमा राज्यस्थानमा रहेको चन्द्रमाका कारण पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, खर्च गर्न मन हौसिने छ । वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । अभिभावक वा ठूलाबडासँग बेकारका कुरामा बहस गर्नुपर्ने हुनसक्छ । तर दूरदराजको क्षेत्र वा विदेशबाट शुभ समाचार प्राप्त हुनेछन् ।

शुभरङ्ग : बैजनी वा पहेंलो

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : कुल/पितृदेवता

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : खर्र्चमा नियन्त्रण

के नगर्ने : विलम्ब र ढिलासुस्ती

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

कामधन्दा र मिहिनेतबाट सामान्यतया लाभ हुने नै समय रहेको छ । कर्मक्षेत्रमा रहेको चन्द्रमाको आज लाभस्थानमा प्रवशे हुने भएकाले उद्योगधन्दा, बन्दव्यापार वा रोजगारीको क्षेत्रबाट कुनै शुभ संकेत प्राप्त हुने सम्भावना देखिंदैछ । कुनै नयाँ काम गर्ने मनसायमा हुनुहुन्छ भने चियोचर्चो गर्ने, कुरा काट्ने र खुट्टा तान्नेको गतिविधिमाथि निगरानी गर्नु होला, नत्र हुनै लागेको काममा विघ्न उपस्थित हुनसक्छ । यद्यपि इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ । व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । आफ्नो साख रहने समय छ । ठूलाबडाले सहयोग गरेमा राज्यपक्ष र प्रशासनिक काममा सफलता पाउन सकिन्छ । मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवजी

अशुभ रङ्ग : घिउरङ्ग/क्रिम

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी

के नगर्ने : अनुशासन भङ्ग

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

 

तपाईको प्रतिक्रिया