मनकामना बहिरा माध्यमिक विद्यालयका कर्मचारीको शव विद्यालय नजिकैको जंगलमा भेटिएको छ । गोरखा नगरपालिका – १० बस्ने श्यामहरि घिमिरेको शव विद्यालय नजिकैको जंगलमा भेटिएको छ । घिमिरेको शव मंगलबार बिहान आठ बजे जंगलमा भेटिएको प्रहरीले जनाएको छ। विद्यालय परिवार, स्थानीयबासी र प्रहरीको सक्रियतामा सडकबाट करिब सय मिटर तल जंगलमा शव भेटिएको एसपी ओम अधिकारीले जानकारी दिए। शव पोष्टमार्टमका लागि गोरखा अस्पताल पठाइएको छ।

तपाईको प्रतिक्रिया