भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु
काठमाडौँ / भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्ट अनुसार भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको ज्यान गएको छ भने ५४ जना बेपत्ता भएका छन् ।
हावाहुरीका कारण शनिबारदेखि भारी वर्षा र बाढीको अवस्था सिर्जना भएको छ । पहिरोका कारण अवस्था बिग्रिएको छ । उत्तरी भियतनाममा हजारौं मानिस घरको छानामा फसेका छन् । सामाजिक सञ्जालमा धेरैले सहयोगको अपिल गरेका छन् ।
...