रवि लामिछानेलाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने
काठमाडौं । पत्रकार रवि लामिछानेसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला अदालत चितवनले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो ।
प्रहरीले आजै लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो । अनुसन्धानका लागि १० दिनको समय माग गरिएको थियो ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका पक्राउ परेका ...