काठमाडौं । पत्रकार रवि लामिछानेसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला अदालत चितवनले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो ।

प्रहरीले आजै लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो । अनुसन्धानका लागि १० दिनको समय माग गरिएको थियो ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिएको थियो । पुडासैनीले साउन २० गते चितवनमा आत्महत्या गरेका थिए ।

नुवाकोटका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पुडासैनीले साउन २० गते चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा आत्महत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया