बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीमा १२ दिनअघि प्रमुख भई आएका प्रहरी निरिक्षक गुणराज बुढाथोकीले गुण्डा र तस्करका बिरुद्ध खरो रुपमा उत्रिने उदघोष गरेपनि अबैध घरेलु मदिरा नियन्त्रणमा उनको ध्यान केन्द्रित भएको छ । केराबारी र लेटाङका खोलाहरुमा अबैध रुपमा खोलाजन्य पदार्थ तस्करी गर्ने ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिई अभियान शुरु गरेका उनी घरेलु मदिरा नियन्त्रणमा सक्रिय भएका छन । मोरङको बेलबारी ११ यलम्बर चौकमा अबैध घरेलु मदिरा सहित अटो रिक्सा बेलबारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन टेष्ट लेखिएको अटो रिक्सामा घरेलु मदिरा राखी बिक्री गर्न लैजाने क्रममा बेलबारी १० की २९ बर्षिया संजिता मुखिया र बर्ष ३२ की सपना मगरले लुकाई छिपाई ल्याई रहेको अन्दाजी २ सय ५० लीटर अवैध घरेलु मदिरा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा फेला पारी नियन्त्रणमा लिएको हो ।
अटो चालक बेलबारी १० का ३३ बर्षिय सन्तोष याख्खा,अटो र दुवै महिलाहरुलाई आन्तरिक राजस्व कार्यालयमा बुझाईएको जनाईएको छ ।

गत आईतबार मात्र बेलबारी ११ लक्ष्मीमार्गको भित्री सडक खण्डमा अबैध घरेलु मदिरा सहित ४ जनालाई नियन्त्रणमा लिएको थियो । ४ वटा साईकलमा अन्दाजी १ सय ४४ लिटर बराबरको घरेलु मदिरा लुकाई छिपाई लाँदै गरेको अबस्थामा ईलाका प्रहरी कार्यलय बेलबारीबाट खटिएको प्रहरी टोलीले मोरङको रङ्गेली २ का ४० बर्षिय शरद पाल मण्डल २१ ब्र्षिय श्यामसुन्दर सहनी,४६ बर्षिय बलदेब लामा र ४० बर्षिय उमेश मण्डल लाई साईकल सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाएको थियो ।

तपाईको प्रतिक्रिया