बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ मा रहेको मोरङ सामुदायिक ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडले उपभोक्तालाई ठगी गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन । वि सं २०६१ मा स्थापना भएको सहकारी संस्थाबाट स्थानीयवासीहरुले झन्झट , दुःख र सास्ती मात्र व्यहोर्न बाध्य भएको गुनासो गरेका छन । साविक सुन्दर दुलारी नगरपालिका भित्र वसोाबस गर्ने वडा न. ३ ,४,५,६,७ मा विद्युत विस्तार र आपूर्तिको सम्पुर्ण कार्य गर्ने भनि सर्त सहित विद्युत विभागले सिफारिस गरी नेपाल सरकारको मन्त्रि परिषदको निर्णय अनुसार मोरङ सामुदायिक ग्रमिण विद्युत सहकारी संस्थालाई जिम्मेवारी दिएको थियो । तर सो सहकारीले जिम्मेवारी पुरा नगरेको स्थानीयको आरोप रहेको छ ।

स्थानीयले पटक–पटक आवाज उठाउदै आएपनि दैनिक ९ देखि १० घण्टा लोडसेडिङ मात्र हैन जव साँझ पर्छ अनि कम भोल्टेज हुने लगायतका समस्याहरु भएको स्थानीय बताउँछन । स्थानीयले समस्या सहकारीका जिम्वेवार व्यक्ति सँग राख्दा यो हाम्रो दोष हैन,नेपाल सरकार विद्युत प्राधिकरणको दोष हो भन्दै पन्छिएको स्थानीयको भनाइ छ । ११ हजार भोल्ट आउनुपर्नेमा ७ हजार भोल्ट मात्र दिएको र विराटचोकमा हुुनपर्ने सव स्टेसन केरावारी पुर्याएको भन्दै स्थानीयले नाराजुलुस सहित ज्ञापन पत्र समेत बुझाएका छन ।

संचालक समितीका जिम्मेवार ब्यत्तिहरु भने जनताको समस्या र माग सहि भएको भएपनि सरकारको कारण आफुले जनताको माग पुरा गर्न नसकिने बताउँछन । स्थानीयहरुले भने इटहरीको लाइन जोडिदिन् साथै सुकुम्बासी तथा नयाँ बस्तिहरुमा प्रधिकरणकै लगानीमा पोल तथा तार जडान गरी बिद्युत विस्तारको माग गरेका छन । ३२ जना सेयर सदस्य रहेको सो संस्थाले सर्बसाधारणको हितमा काम नगरेको भन्दै स्थानीय आक्रोशित बनेका छन ।

तपाईको प्रतिक्रिया