उदयपुर / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्द विप्लव मुलधारको राजनीतिमा आउने प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताउनु भयो । उनले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रथम प्रदेश नं. १ स्तरीय महाधिवेशनमा सो कुरा बताउँनु भयो ।

आफ्नो अधिकारको निम्ति नेपाली जनताहरुले थुप्रै वलिदानीपूर्ण संघर्ष र आन्दोलन गरेको र फल स्वरुप नेपाली जनताले आफुले चाहे अनुसारको अधिकार पाईसकेको धारणा व्यक्त गरे । ‘स्वतन्त्र मधेश गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके) लाई इंगित गर्दै मुलुकको विघठन गर्ने सोचका साथ अगाडी आएका पार्टी अहिले मुलधारको राजनीतिमा आई सकेको छ ।’ ‘बलिदानिपुर्ण संर्घषबाट नेपाली जनताले ठुला–ठुला उपलब्धहरु पाई सकेका छन्’ मुख्यमन्त्रि राईले भने ‘प्राप्त उपलब्धिलाई टिकाई राख्ने समयमा विप्लव समुहले पुनःबलिदानी संघर्ष गर्छु भन्नु उपयुक्त हुँदैन् ।’ ‘जनतालाई प्रतिकुुल नहुने कुनै पनि गतिबिधि प्रदेश सरकारलाई स्वीकार्य हुदैन, त्यस्ता गतिविधि गतिविधिहरु संविधान र कानून विपरित छ ।’, मुख्यमन्त्री राईले भने, ‘त्यसैले संविधानलाई आत्मसाथ गरी मुलधारको राजनीतिमा फर्कन आव्हन गर्दछु ।’

उनले विप्लवका नेता कार्यकर्ताहरु एकपछि अर्को मुलबाटोमा आउने काम भैरहेकोले ढिलो चाँडो मूलधारको राजनीतिमा विप्लव पनि आउने मुख्यमन्त्री राईले ठोकुवा गरे । मुख्यमन्त्री राईले भने, ‘हामी वार्ताको लागि आव्हान गरेका छौं, संविधान र कानून विपरितका गतिविधिहरुलाई स्थगित गर्दै मुलधारको राजनीतिमा आउन विप्लवलाई फेरी पनि आग्रह गर्दछु ।’

मुख्यमन्त्री राईले प्रदेश सरकारको काम कार्वाहीमा केही ढिलाई भएको जनताको गुनासो आएको स्वीकारगर्दै संघीयता कार्यान्वनकोचरणमा रहेकोले प्रदेश सरकार भौतिकपुर्वाधार र कानुननिर्माणमा केन्द्रित रहेको स्पष्ट पारे । ‘पुर्वाधार, कानुनहरु तयार गरेर चुनाव लडुनु पर्दथ्यो’ उनले भने ‘तयारी विना चुनाव भएकाले जनप्रतिनिधिको ध्यान विकास भन्दा पनि भवनको खोजी र कानुन निर्माणमा गयो ।’

उनले भने, ‘हामी खाली जग्गामा पिरा र गुन्द्रीमा बसेर काम गर्नु पर्ने अबस्था आयो, जसले गर्दा जनताका विकास निर्माणका चाहानामा केही ढिलाई भयो ।’ अभ्यास विनाको संघिय व्यवस्था कार्यान्वय गर्नु पर्ने दायित्व भएकाले पनि केही काममा असहजता भएको उनले स्वीकारे ।

यस्तै मुख्यमन्त्री राईले मिडियाले नकरात्मक कुराको खेती गर्ने ‘ट्रेण्ड’लाई अन्तय गर्न आग्रह गरेका छन् । उनले मिडिया क्षेत्रको भुमिका रचनात्मक हुनुपर्ने धारणा व्यक्त गर्दै मिडियाले ‘वाचडग’को भुमिकामा रहेर सधैं खबरदरी गर्नुपर्ने पनि बताए । ‘मिडियाको भुमिका अब परिवर्तन हुन जरुरी छ, यस्तो अपेक्षा सिंगो समाजले, नेपाली जनताले गरिरहेको छ,’मुख्यमन्त्री राईले भने, ‘नेपाली मिडियाले नकरात्मकताको खोजी गर्ने, खेती गर्ने लामो समयदेखिको जुन ट्रेण्ड छ, त्यो अब अन्त्य गर्नुपर्छ, र सकरात्मकतालाई स्थान दिनुपर्छ । हाइलाइट गर्नुपर्छ, म सिंगो मिडिया क्षेत्रलाई र फोनिजलाई आग्रह गर्न चाहन्छु ।’

तपाईको प्रतिक्रिया