झापामा एक वर्षमा मरे ४ हात्ती, हात्तीको आक्रमणमा परी ६ जनाको मृत्यु
झापामा एक वर्षको अवधिमा छ मानिस र चार हात्तीको मृत्यु भएको छ ।
गत आर्थिक वर्ष २०८०-८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छ जना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार हात्ती मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए।
विगत १४ वर्षको तथ्यांक हेर्दा हात्ती मृत्युको सङ्ख्या उच्च हो । आव २०६७-६८ देखि आव २०७९-८० सम्म एक-दुई र आव २०७५-७६ मा ती...