सुनसरीमा सात वर्षीया बालिका अपहरण, घटनामा संलग्न व्यक्ति सप्तकोसी पुलबाट पक्राउ
इटहरी : सुनसरीमा अपहरणमा परेकी बालिकाको बिहीबार सकुशल उद्दार गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन कुमार तिम्सिनाका अनुसार बुधबार दिउँसो १ः४० बजेतिर कोशी गाउँपालिका वडा नं. ७ मुसहरी टोल बस्ने कुशेश्वर सदाकी सात वर्षीया छोरी ईशु सदालाई घर अगाडि खेल्ने क्रममा अपरिचित मानिसले सिटी सफारी चढाएर अपहरण गरेको प्रहरीमा सूचना आएको थियो ।
उक्त सूचनाका आधारमा डीएसपी योगराज ख...








