दाइजो र बालविवाहविरुद्ध निरन्तर लड्ने उपसभामुख ठाकुरको घोषणा
सर्लाही : उपसभामुख रुवीकुमारी ठाकुरले मधेसमा जरा गाडेर बसेको दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर संघर्ष गर्ने बताएकी छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आयोजना गरेको बालविवाह तथा दाइजो प्रथा उन्मूलन कार्यक्रममा बोल्दै उनले यी कुरीति मधेसबाट मात्र होइन, देशभरबाट अन्त्य हुनुपर्नेमा जोड दिइन् ।
उपसभामुख ठाकुरले छोरीलाई बोझका रूपमा हेर्ने सोचकै कारण बालविवाह र लैङ्गिक विभेद कायम रहेको उल्लेख...











