विराटनगरको नोबेल अस्पातालका कोरोना संक्रमितको संख्या १८ पुग्यो

विराटनगरको नोबेल अस्पातालका कोरोना संक्रमितको संख्या १८  पुग्यो
विराटनगरको नोबेल मेडिकल कलेजमा  मंगलबार थप चारजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १८ पुगेको हो । संक्रमित मध्ये पाँच जना कलेजका डाक्टर हुन । दुई जना प्रशासनका कर्मचारी, चारजना फार्मेसीका हुन । सात जना नर्स रहेकाे नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार मंगलबार एक डाक्टर, एक नर्स र दुई फार्मेसीका कर्मचारीलाई कोरोना संक्रमण भएको हो । संक्रमित ...

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुखलाई कारोना

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुखलाई कारोना
विराटनगर / जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापक समेत रहेका बस्नेतको पीसीआर परीक्षण रिपार्ट मंगलबार पोजेटिभ आएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी दिनदेखि ‘क्वारेन्टाइन’मा थिए । स्वास्थ्य कार्यालयका अर्का एक कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि कार्यालयका जनस्वास...

आज थप ५ सय ८१ जनामा कोरोना पुष्टि, १५९ जना डिस्चार्ज

आज थप ५ सय ८१ जनामा कोरोना पुष्टि, १५९ जना डिस्चार्ज
साेमबार थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे सगै कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको मन्त्रालयले बताएकाे छ । कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १५९ जना डिस्चा...

विश्वमा संक्रमित दुई करोड १८ लाख बढी

विश्वमा संक्रमित दुई करोड १८ लाख बढी
विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड १८ लाख बढी पुगेको छ । एकै दिन दुई लाख १० हजार पाँच सय १७ नयाँ बिरामी थपिएसँगै विश्वमा संक्रमित संख्य दुई करोड १८ लाख १६ हजार चार पुगेको हो । सात लाख ७२ हजार छ सय ८१ जनाको मृत्यु भइसकेको छ । एक करोड ४५ लाख ५१ हजार तीन सय ५८ जना उपचारपछि घर फर्किएका छन् । ६४ लाख ९१ हजार नौ सय ६५ जना उपचाररत रहेकोमा ६४ हजार चार सय ७९ जनाको अवस्था गम्भी...

थप ६४१ जना काेराेना संक्रमण पुष्टि, मोरङमा थपिए १०० जना संक्रमित

थप ६४१ जना काेराेना संक्रमण पुष्टि, मोरङमा थपिए १०० जना संक्रमित
काठमाडौं / नेपालमा आज थप ६४१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको छ स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था...

विराटनगरमामा १९ जना महिला सहित थपिए ४३ संक्रमित

विराटनगरमामा  १९ जना महिला सहित थपिए ४३ संक्रमित
विराटनगर महानगरपालिकामा कोरोना भाइरसका ४३ जना नयाँ संक्रमित थपिएका छन् । साउन २७ र २८ गते स्वाब संकलन गरेर परीक्षण गराइएका मध्ये संक्रमण पुष्टि भएकाहरुमा पाँचदेखि ६३ वर्षसम्मका छन् । ४३ जना थपिएसँगै विराटनगरमा संक्रमित संख्या पाँच सय २३ पुगेको महमनगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । नयाँ थपिएका संक्रमितमा १९ जना महिला छन् । विराटनगर–२ मा चार, ३ मा छ, ४ मा तीन, ५ मा चार, ६ मा स...

नेपाल भित्रिने भयो काेराेनाकाे औषधि ‘रेमडिसिभिर’, ३ कम्पनीले पाए जिम्मेवारी

नेपाल भित्रिने भयो काेराेनाकाे औषधि ‘रेमडिसिभिर’, ३ कम्पनीले पाए जिम्मेवारी
कोरोना संक्रमणका कारण जटिल बिरामी परेकालाई प्रयोग गर्ने रेमडिसिभिरको कालोबजारी मौलाएपछि औषधि व्यवस्था विभागले तीन भारतीय कम्पनीलाई इन्जेक्सन खरिद गरी ल्याउन स्वीकृति दिएको छ । विभागले भारतीय कम्पनी सिप्ला क्लेम, हिटेरो र माइलानलाई इन्जेक्सन ल्याउन शुक्रबार स्वीकृति दिएको जनाएको छ । थप कम्पनीलाई स्वीकृत दिने विषयमा छलफल भइरहेको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिनुभयो । ‘हामी फाइल अध्यय...

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाग्यो, आज ४ सय ६८ जनामा संक्रमण  पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाग्यो, आज ४ सय ६८ जनामा  संक्रमण  पुष्टि
आज नेपालमा थप ४ सय ६८ जनामा कोरोना भाइरसकाे संक्रमण  पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत नेपालमा कोरोना संक्रमितको कुल  संख्या २६ हजार १९  पुगेको  जानकारी दिएको छ  । यस्तै आज थप १ सय २४ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या   १७ हजार २ सय १   पुगेको छ । कोरोना भाइरसका कारण नेपालमा हालसम्म १०२ जनाको मृत्यु भइसकेको छ ...

नोबेलका एक नर्ससहित विराटनगरमा आज ४० जना संक्रमित थपिए

नोबेलका एक नर्ससहित विराटनगरमा आज  ४० जना संक्रमित  थपिए
विराटनगर महानगरपालिकाभित्र  नोबेलका एक नर्ससहित  आज शनिबार ४० जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये २१ पुरुष र १९ महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित थपिएसँगै महानगरमा कोरोना संक्रमितको संख्या ४ सय ८२ पुगेको छ । विराटनगरमा देखिएका मध्ये एक जना विराटनगरस्थित नोबेल मेडिकल कलेजका नर्स पनि छन् । शनिबार थपिएका संक्रमितमध्ये विराटनगर ३ र ९ वडाका ७/७ जना छन् । यस्तै ...

 विराटनगरमा थप ८ महिलासहित २४ जनामा कोरोना संक्रमण पुष्टि

 विराटनगरमा थप ८ महिलासहित २४ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगरमा थप  ८ महिलासहित २५ जना कोरोना संक्रमण पुष्टि भएकाे विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । नयाँ थपिएका संक्रमितहरु ८ वर्षदेखि ६६ वर्ष उमेर समूहका छन् । विराटनगर १ मा एकजना, ३ मा पाँचजना, विराटनगर-५ मा दुईजना, ६ मा पाँचजना, ८ मा एकजना, विराटनगर ९ मा दुई जना, ११ नम्बर वडामा एकजना, १३ मा एकजना, वडा नम्बर १५ मा एकजना, वडा नम्बर १६ मा तीनजना र वडा न...